राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र एनआरएनए प्रतिनिधि मण्डलबीच भेटघाट

काठमाडौँ- गैरआवासीय नेपाली संघ (एनआरएनए)को प्रतिनिधि मण्डलले राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग भेटघाट गरेको छ । भेटघाटमा संघका कार्यकारी अध्यक्ष कुल आचार्य र अध्यक्ष डा. बद्री केसीलगायतका प्रतिनिधिले सरकारले संशोधनसहित प्रतिनिधि सभामा पेश गर्न लागेको नागरिकता ऐनबारे छलफल गरेका थिए ।
अध्यक्ष तिमिल्सिनाले गैरआवासीय नेपाली नागरिकका विषयमा संविधानमा प्रावधान भएको विषयबाट पछि हट्न नसकिने र यदि यसमा केही सुधार गर्नुपर्ने विषय प्रतिनिधि सभाले नै गर्ने बताए । साथै, उनले नागरिकता ऐन राष्ट्रिय सभामा पेश भएपछि संशोधित ऐनमाथि छलफल गरेर चाडै नै प्रक्रिया पूरा गरिदिने जानकारी गराए
यस कार्यक्रममा उपाध्यक्ष महेशकुमार श्रेष्ठ, युरोपका क्षेत्रीय संयोजक चिन्तामणि सापकोटा र सचिवालयका अधिकृत कुनाल मिश्राको उपस्थिति थियो ।

नर्थ क्यारोलाइनामा नेपालको शिक्षाका विषयमा अन्तरक्रिया

दुबईको सम्पदामा ‘लुम्बिनी ड्रिम गार्डेन गेष्टहाउस एण्ड रेष्टुरेन्ट’ खुल्यो

अवुधावीमा मनाइयो गणतन्त्र दिवस

भारतस्थित नेपाली दूतावासले भन्यो- भारतमा रहेका नेपालीले सुरक्षासम्बन्धी निर्द…

गैर आवासीय नेपाली सङ्घको एकता महाधिवेशन सम्पन्न

टिकटकले किशोर-किशोरीहरूको सुरक्षाका लागि नेपालमा सुरु गर्यो ‘फ्यामिली पेयर…

लन्डनको थेम्स नदीमा भेटिएको शव नेपाली विद्यार्थीकै भएको पुष्टि

प्रतिक्रिया