उपेन्द्रमाथि बाबुराम भट्टराईकाे आराेप : अहंकार र पदको लोभी भए

काठमाडौँ- जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष एवं पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले पार्टीका केन्द्रीय कार्यकारिणी अध्यक्ष उपेन्द्र यादवले एकलौटी र स्वेच्छाचारी प्रवृत्ति देखाएको आरोप लगाएका छन् ।
अध्यक्ष भट्टराईले पार्टीमा ठूलो बन्नका लागि एकलौटी र स्वेच्छाचारी ढंगबाट पार्टीका गतिविधिहरु गरेको आरोप लगाएका हुन् । मंगलबार काठमाडौँमा आयोजित केन्द्रीय कार्यसमितिको विस्तारित बैठकलाई सम्बोधन गर्दै उनले संख्यात्मक रुपमा पनि आफ्नो पक्षमा नै बहुमत रहको दाबी समेत गरे । अध्यक्ष भट्टराईले अर्का अध्यक्ष यादव पक्षले बैठक अवैध भनेको प्रति लक्षित गर्दै यादव पक्षले इतिहासलाई भुलेर गरेको कुराको कुनै सत्यता नरहेको जिकिर गरे ।
अध्यक्ष भट्टराईले तत्कालीन कार्यकारिणी अध्यक्ष महन्थ ठाकुर अलिग्गएपछि खाली रहेको पदमा समेत जनजातीलाई राख्ने आफ्नो प्रस्तावलाई अध्यक्ष यादवले नमानेको बताए । उनले पार्टी दर्ता गराउँदा देखेको आफ्नो सपनामा कुठाराघात भइरहेको उल्लेख गरे । अध्यक्ष भट्टराईले पार्टीमाथि ठूलो संकटको बादल मडारिएको उल्लेख गर्दै पार्टीलाई रुपान्तरण गरेर अघि बढ्न नसके झनै ठूलो दुर्घटना निम्तिने जिकिर गरे । उनले अर्का अध्यक्ष यादवलाई नतर्सिन चुनौती दिँदै अवैध ढंगबाट गलत मनसायका साथ बोलाएको गुटको बैठकलाई मान्यता नदिने स्पष्ट पारे ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया