आइपीएलमा मुम्बईको दबदबा कायम रहला ?

इन्डियन प्रिमियर लिग (आइपीएल) को उपाधीका लागि मंगलबार मुम्बई इन्डियन्स र दिल्ली क्यापिटल्सबीच प्रतिष्पर्धा हुँदैछ । आइपीएल इतिहासकै सर्वाधिक सफल टोली मुम्बईले जारी प्रतियोगितामा पनि प्रभावशाली प्रर्दशन गरिरहेको छ । यता मुम्बईमै जन्मिएका श्रेयस ऐरको नेतृत्वमा रहेको दिल्ली भने यो प्रतियोगितामा अनुमान नै गर्न नसकिने तरिकाले खेलिरहेको छ ।
कोभिड-१९ का कारण भारतमा राष्ट्रव्यापी लकडाउन भएपछि आइपीएललाई संयुक्त अरब इमिरेट्स (युएई) तिर सारिएको थियो । पछिल्लो ५२ दिनदेखि युएईको दुबई, अबुधाबी र शारजाहमा आइपीएलका खेलहरू भइरहेका छन् ।
रोहित शर्मा आइपीएलकै सर्वाधिक सफल कप्तान हुन् । उनी यो प्रतियोगिता पाँचौ पटक जित्न आतुर छन् । यता दिल्ली भने पहिलो पटक प्रतियोगिताको फाइनलमा पुगेको हो ।
आईपीएलको इतिहासमा सधै योग्य टीमहरु फाइनलमा पुगेका छैनन् । तर, यसपटक भने मुम्बई र दिल्ली दुवै उपाधि भिडन्तका लागि योग्य टोली हुन् । मुम्बईले १५ मध्ये १० खेल जितेको छ भने दिल्लीले त्यो भन्दा एक खेल बढी खेल्दै नौ खेल जितेको छ ।
जारी प्रतियोगितामा मुम्बईले जत्तिको सन्तुलित प्रर्दशन कमै टीमहरूले गरेका छन् । तथ्यांक केलाउने हो भने, मुम्बईका खेलाडीहरुले १ सय ३० छक्का प्रहार गरेका छन् । उता दिल्लीको खातामा भने ८४ छक्का मात्र छ ।
मुम्बईका धेरै खेलाडीहरूले जारी प्रतियोगितामा सम्झनलायक प्रर्दशन गरेका छन् । त्यस्ता खेलाडीहरु मध्येका एक हुन् सूर्यकुमार यादव । उनले ६० चौका र १० छक्का प्रहार गरेका छन् । उनी तिब्र गतिका बलरहरूका अगाडी बलियो तरिकाले प्रस्तुत भएका छन् । जसका कारण उनका प्रशंसकहरुको संख्या बढेको छ । त्यस्तै, इशान किशनले जारी आइपीएलमा २९ छक्का प्रहार गरेका छन् भने किरोइन पोलार्डले १९० को स्ट्राइक रेटमा व्याटिङ गरिरहेका छन् ।
यता दिल्लीसँग कागिसो राबडा र एनरिक नोकिअजस्ता बलरहरू बलियो हतियारका रूपमा छन् । उनीहरुले यादव, किशन र पोलार्डलाई रोक्न सक्छन् । तर मुम्बईसँग हार्दिक पान्डेय र कुर्नाल पान्डेयजस्ता खेलाडीहरू पनि छन् जो खेलमा निर्णायक प्रभाव पार्न सक्ने हैसियत राख्छन् ।
दिल्लीका शिखर धवन आफ्नो आइपीएल करियरकै उत्कृष्ट लयमा छन् । जारी प्रतियोतिामा उनले ६ सय तीन रन बनाएका छन् । जुन सर्वाधिक रन बनाउने केएल राहुलको भन्दा ६७ रनले मात्र कम हो । तर उनलाई फाइनलमा जसप्रित बुमराह र टे«न्ट बोल्टजस्ता बलरहरूलाई माथ खुवाउनु पर्ने चुनौति छ ।
पछिल्ला तीन खेलमा, मुम्बईले दिल्लीलाई सजिलै पराजित गरेको छ । मुम्बई चौथो पटक पनि भाग्यमानी हुने दाउमा छ । तर दोस्रो क्वालिफायरमा मार्कस स्टोनिक्सले गरेको अलराउन्ड प्रदर्शनले के देखाउछ भने मुम्बईलाई रोक्न सक्ने खेलाडीहरू दिल्लीसँग छन् । तर ऐर र रिशभ पन्त ब्याटिङमा खासै जम्न नसकिरहेको अवस्थामा दिल्लीका सिमरोन हेटमायरले आफ्नो लयलाई कायम राख्न आवश्यक रहन्छ । उपाधि भिडन्तमा दिल्लीका लागि रविचन्द्रन आश्विन पनि महत्वपूर्ण खेलाडी बन्न सक्छन् । विशेषगरी पावरप्लेमा उनको भूमिका दिल्लीका लागि गेमचेन्जर बन्न सक्छ ।
यसपटकको आइपीएललाई रोमान्चक बनाउने धेरै कारक तत्वहरू छन् । तर पनि दर्शकहरुले महेन्द्रसिंह धोनीलाई भने याद गर्नेछन् । आइपीएलका पछिल्ला दुई संस्करणमा चेन्नई सुपर किंग्सलाई फाइनलमा पु¥याएका धोनी यसपटक भने क्वालिफायर सम्मै पुगेनन् । उनी बिनाको आइपीएल फाइनल दर्शकहरूका लागि केही खल्लो हुन सक्छ ।
एजेन्सीहरूको सहयोगमा

असियन अल स्टार्ससँग म्यानचेस्टर युनाइटेड पराजित

जियो हटस्टारले किन्यो भारत-इंग्ल्याण्ड सिरिजको डिजिटल अधिकार

राष्ट्रिय कुराँस प्रतियोगिता जेठ १६ मा

प्रथम कञ्चनजंघा क्रिकेट प्रतियोगिता : पथरीशनिश्चरे र दमक विजयी

लिभरपुलको विजय यात्राको भिडमा कार कुदाइयो, ४७ जना समर्थक घाइते

अब पाँच चौकाले बनाउनेछ कोहलीलाई १२०० चौका हान्ने पहिलो एसियन क्रिकेटर

शुभमन गिल भारतीय टेस्ट टिमको नयाँ कप्तान

प्रतिक्रिया