विभाजनको संघारमा जसपा

काठमाडौँ - विभाजनको संघारमा पुगेको जनता समाजवादी पार्टी (जसपा) नेपालको एकै दिन छुट्टाछुट्टै बैठक भएको छ । पार्टी अध्यक्ष उपेन्द्र यादवपक्षको राष्ट्रिय कार्यकारिणी समितिको बैठक वीरगञ्जमा बसेको छ भने पार्टीका संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराई पक्षको केन्द्रीय कार्यसमितिको विस्तारित बैठक आजै काठमाडौँमा भएको छ ।
पार्टी रूपान्तरण/पुनर्गठनको औचित्य र कार्यभार विषयमा प्रस्तुत राजनीतिक प्रतिवेदनमा जसपा संघीय परिषद् अध्यक्ष भट्टराईले राष्ट्रिय पार्टी बनाउने उद्देश्यले सामूहिक नेतृत्वको कुरा गर्दै आफूलाई नेतृत्व खोजेको आरोप लागेको गुनासो गरेका छन् ।
पार्टीलाई हिमाल, पहाड तराई सबै जातिको प्रतिनिधित्व गराउन सामूहिक नेतृत्व बनाउनुपर्ने भट्टराईको जोड थियो । पार्टीमा तीन जनाको हेडक्वार्टर बनाउँदासमेत एउटा पनि बैठक बस्न नसकेको, केन्द्रीय समिति बैठकमा आफूहरुलाई नबोलाइएको भट्टराईको गुनासो छ ।
विसं २०७६ वैशाख २३ गते तत्कालीन संघीय समाजवादी फोरम र नयाँ शक्ति पार्टी नेपालबीच एकता भई समाजवादी पार्टी गठन भएको थियो । विसं २०७७ वैशाख १० गते तत्कालीन राष्ट्रिय जनता पार्टीसँग समाजवादी पार्टीको एकता भई जनता समाजवादी पार्टी नेपाल बनेको थियो ।
भट्टराई पक्षको बैठक भोलि बुधबारसम्म चल्नेछ । उता अध्यक्ष यादव पक्षले पनि बुधबार केन्द्रीय समिति बैठक बोलाएको छ ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया