सुदूरपश्चिममा भीम रावल समानान्तर कमिटी घोषणा गर्दै
धनगढी : सुदूरपश्चिम प्रदेशमा नेकपा एमालेको खनाल-नेपाल समूहका नेता भीम रावलले समानान्तर कमिटी बनाउने भएका छन् । सोमबारदेखि धनगढीमा सुरु भएको खनाल-नेपाली समूहको प्रदेशस्तरीय विस्तारित बैठकले समानान्तर कमिटी बनाउने निष्कर्ष निकालेको हो । प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल, भीम रावल लगायत चार जना नेतालाई ६ महिनाका लागि निलम्बन गरेका थिए ।
निलम्बनपछि पहिलो पटक धनगढीमा बसेको प्रदेश कमिटीको बैठक मंगलबार पनि जारी रहनेछ । जेठ २ अघिका कमिटीहरूलाई सक्रिय बनाउँदै लैजाने तयारी भएको बैठकमा सहभागी एक नेताले बताए ।
९ वटै जिल्लामा जिल्ला बैठक राखी कमिटीहरू तयार गर्न निर्देशन जारी हुने तायारी समेत भएको छ । नेता रावलले बैठकमा प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओली समूहले गरेको एकपक्षीय निर्णयहरू कार्यान्वयन नहुने जानकारी गराएका थिए ।
बैठकमा नेपाल समूहका नेता रावलसहित, नेपाल समूहका प्रदेश अध्यक्ष भानुभक्त जोशी, प्रतिनिधिसभा सदस्य झपट रावल, केन्द्रीय सदस्य, प्रदेश र जिल्लाका पदाधिकारीहरू उपस्थित छन् ।

अग्रज र सहिदका सङ्कल्प पूरा गर्न दृढताका साथ लाग्नुपर्छः प्रधानमन्त्री ओली

बालबालिकालाई संस्कारसहितको शिक्षा दिनुपर्छ : मुख्यमन्त्री कँडेल

देश समृद्ध बनाउन जोखिम मोलेरै काम गर्नुपर्छ : महासचिव पोखरेल

राजनीतिप्रति युवाहरूको वितृष्णा बढ्यो, आकर्षणमा बदल्नु मुख्य चुनौती : शेखर को…

‘मूलधारका मिडियालाई न्यू मिडियाले चुनौती खडा गरेको छ’

पार्टी फुटाउने नेतालाई अहिले पश्चाताप भइरहेको छ : महासचिव पोखरेल

आगामी निर्वाचन कांग्रेसको बहुमत आउन सक्छः सभापति देउवा

प्रतिक्रिया