देवघाटमा निर्माणाधीन पक्की पुल भत्कियो
काठमाडौँ : तनहुँको देवघाटमा बनिरहेको त्रिुशली नदीमाथिको पक्की पुल भत्किएको छ । देवघाट र चितवनको ठिमुरा जोड्ने दुई सय २० मीटरको पक्की पुल सोमबार राती भत्किएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ ।
यो पुल इलाइट, एड्भेन्चर र इन्द्रेणी जेभी कम्पनीले निर्माण गरिरहेका थिए । तर ढलान गरेको २१ दिनमा निर्माण नसकिदै ४० मिटर भागको पुल भत्किएको हो । पुल भत्किनुको कारण खुलेको छैन् । तर कमजोर निर्माण सामग्रीले गर्दा भत्किएको हुन सक्ने अनुमान गरिएको छ ।
यसबारे विभागले थप अनुसन्धान थालिएको जनाएको छ । १६ करोडको लागतमा निर्माण सुरु गरिएको पुलको लागत अहिले नाकाबन्दी लगायतका कारणले बढेर २१ करोड पुगेको छ । २०७४ सालमा नै बनिसक्नुपर्ने पुल अझै निर्माण सम्पन्न भएको छैन ।

गभर्नर नियुक्ति प्रकरण : के प्रधानमन्त्री ओलीकै आडमा भट्टको राजीनामा स्वीकृत नगर…

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

कपिलवस्तुमा एसियन थाई फुड्सको दोस्रो युनिट सञ्चालनमा, ‘प्रीति’, ‘टुपीएम’ सहित…

सुनको मूल्य बढ्यो

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

हुलाकी राजमार्ग : ४४ किमी कालोपत्र

सुनको मूल्य बढ्यो, तोलाको कतिमा कारोबार हुँदैछ ?

प्रतिक्रिया