शनिबार २७ बैशाख, २०८२
Saturday, May 10, 2025

चोरी गरेर अमेरिका पुर्‍याइएको टुँडाल नेपाल फर्काइयो

काठमाडौँ-  नेपालबाट चोरी भएर अमेरिका पुर्‍याइएका ऐतिहासिक तथा पुरातात्विक महत्वका दुई थान टुँडाल नेपाल फर्काई पुरातत्व विभागलाई हस्तान्तरण गरिएको छ । 

पुरातत्व विभागमा आयोजित कार्यक्रममा काठमाडौँस्थित अमेरिकी दूतावासकी डेपुटी चिफ अफ मिसन अविगल अरोनसनले १३५ सेमी लम्बाइ तथा २१ सेमी चौडाइ र ११०।२ किलोग्राम तौलका दुई टुँडाल संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव महेश्वर न्यौपानेलाई हस्तान्तरण गरे । 

काठमाडौँ महानगरपालिका–१२ ह्युमत टोलमा रहेको दुईछाने नारायण मन्दिरको पहिलो छानो अड्याउन १३औँ र १४औँ शताब्दीमा बनेका दुई टुँडाल १९८० को दशकमा चोरी भएको थियो । 

उक्त टुँडालहरु एक अमेरिकी नागरिकले जम्मा गरी सन् २००३ मा आर्ट इन्ष्टिच्युट अफ सिकागोमा प्रदर्शनीमा राखेका थिए । उनले पुरातात्विक महत्वका उक्त टुँडाल नेपाल फर्काउन चाहेपछि नेपाली महावाणिज्यदूतावाससँग समन्वय गरी बीमा र ढुवानी खर्चसमेत बेहोरी युएस आर्ट कम्पनीको सहकार्यमा नेपाल फर्काएका हुन् । 

हालसम्म बेलायतबाट १९ थान, अष्ट्रेलियाबाट एक थान, अमेरिकाबाट २३ थान, तिब्बतबाट २८ थान, कलकत्ताबाट १३ र जर्मनीबाट एक थान मूर्ति तथा कलावस्तुहरु नेपाल फर्काइएको पुरातत्व विभागले जनाएको छ ।

प्रधानमन्त्रीसँग नेपालका लागि जापानी राजदूतको शिष्टाचार भेट

प्रधानमन्त्रीसँग नेपालका लागि जापानी राजदूतको शिष्टाचार भेट

मन्त्री यादव र नेपालका लागि जापानका राजदूत तोरुबीच भेटवार्ता

मन्त्री यादव र नेपालका लागि जापानका राजदूत तोरुबीच भेटवार्ता

परराष्ट्रमन्त्री डा देउवा र भारतीय विदेशमन्त्रीबीच द्विपक्षीय भेटवार्ता

परराष्ट्रमन्त्री डा देउवा र भारतीय विदेशमन्त्रीबीच द्विपक्षीय भेटवार्ता

परराष्ट्रमन्त्री र मल्दोभाका उपप्रधानमन्त्रीबीच भेटवार्ता

परराष्ट्रमन्त्री र मल्दोभाका उपप्रधानमन्त्रीबीच भेटवार्ता

परराष्ट्रमन्त्रीद्वारा युक्रेनका विदेशमन्त्रीसँग वार्ता :युक्रेनी सेनाको कब्जामा रहेका सात नेपालीलाई मुक्त गर्न माग

परराष्ट्रमन्त्रीद्वारा युक्रेनका विदेशमन्त्रीसँग वार्ता :युक्रेनी सेनाको कब्जामा रह…

परराष्ट्रमन्त्री डा राणा नयाँ दिल्लीमा, भारतीय विदेशमन्त्रीसँग भेट्ने

परराष्ट्रमन्त्री डा राणा नयाँ दिल्लीमा, भारतीय विदेशमन्त्रीसँग भेट्ने

प्रधानमन्त्री र इजिप्टका राष्ट्रपतिबीच टेलिफोन संवाद, विपिनको रिहाइका लागि आग्रह

प्रधानमन्त्री र इजिप्टका राष्ट्रपतिबीच टेलिफोन संवाद, विपिनको रिहाइका लागि आग्रह

वनमन्त्री ठकुरी र भारतका वातावरणमन्त्री यादवबिच भेटवार्ता

वनमन्त्री ठकुरी र भारतका वातावरणमन्त्री यादवबिच भेटवार्ता