दर्शक लोभ्याउँदै 'नेपाल्स सिङ्गिङ सुपरस्टार'

पछिल्लो समय नेपाली टेलिभिजनका पर्दाहरुमा गायनसँग सम्बन्धित धेरै रियालिटी सोहरु प्रसारणमा आइरहेका छन् । विदेशी फ्रेञ्चाइजहरुले स्थान लिइरहेको अवस्थामा पछिल्लो क्रममा केहि हप्ता पहिलेबाट नेपाली टेलिभिजनमा छुट्टै गायन रियालिडी सो प्रसारणमा आइरहेको छ, 'नेपाल्स सिङ्गिङ सुपरस्टार' ।
असार १२ गतेदेखि प्रसारण सुरू भएको यो रियालिटी सोलाई निर्माण कम्पनिले भिन्न बताएको छ । यो सोमा अन्य रियालिटी सोमा प्रतिभा देखाइसकेका 'स्टार प्रतिभा'ले मात्रै स्थान पाएका छन् । अन्य रियालिटी सोमा भाग लिइसकेका गायक गायिका र पाँच वर्षदेखि संगीत साधनामा लागेका गायक गायिकालाई मात्रै छनोट गरिएको निर्देशक रवि श्रेष्ठले बताए ।
हालसम्म जम्मा ६ एपिसोड प्रसारण भएको सांगीतिक रियालिटी सो ‘नेपाल्स सिङ्गिङ सुपरस्टार’ नेपाली रियालिटी सो प्रेमीहरु माझ छोटो समयमा नै लोकप्रियता बढाउँदै अघि बढेको छ । ‘ब्याटल अफ दि स्टार्स’को रूपमा इमेज एचडी टेलिभिजनबाट हरेक हप्ताको आइतबार र सोमबार बेलुका ७:४५ बजे प्रसारण भइरहेको यो कार्यक्रम निर्माण कम्पनीले छोटो समयमा रियालिटी सोप्रेमीमाझ लोकप्रिय बन्न सफल भएको बताएको छ ।
निर्णायकको रुपमा दर्शकहरु माझ चर्चित र प्रतिष्ठित निर्णायकहरु संजय श्रेष्ठ, सत्यराज आचार्य, स्वरुपराज आचार्य र मिलन नेवार रहनुलाई सफलताको पहिलो कडी निर्माण टिमले मानेको निर्देशक श्रेष्ठ बताउँछन् । निर्देशक श्रेष्ठले आफ्नो कार्यक्रम नेपालको मौलिक रियालिटी सो रहेको बताए ।
कार्यक्रममा प्रस्तोताको रुपमा टेलिभिजनको पर्दामा स्थापित होस्ट विवेकसिंह ठकुरी र केन्जल मेहर श्रेष्ठ छन् । हालसम्म प्रसारण भएका एपिसोडहरुमा प्रतिस्पर्धीहरुको गायन क्षमता पनि आकर्षणको अर्को कारण बनेको रियालिटी सो पारखीहरुको धारण छ । ३२ एपिसोडसम्म चल्ने यो प्रतियोगिताका विजेताले २५ लाख रुपैयाँ पुरस्कार पाउनेछन् ।

संगीत पारखीका लागि 'जुनकिरी'

न्ह्यूको सङ्गीत र मेनुकाको स्वरमा नेपाली क्लासिकल गीत ‘बदमास’ सार्वजनिक

‘नारायणगोपाल युवा संगीत पुरस्कार’ सिवानी मोक्तानले पाइन्

टिकाराम खड्काको शब्द तथा शिव परियारको आवाजमा ‘मलाई जलाउँदा’ सार्वजनिक (भिडि…

‘सर्माइ भागेर’ मा ‘दर्पण छायाँ २’ जोडी पुष्प र सहारा

ब्राजिलियन डीजे 'एलोक' एलओडीमा आउँदै
नाजिर र स्मारिका अभिनित म्युजिक भिडियो ‘पिलेन उडाउनी’ सार्वजनिक

प्रतिक्रिया