६ सहरमा स्ट्यान्डअप कमेडी टुर

काठमाडौँ- युवा पुस्ताका चर्चित कमेडियनहरूले भ्रष्टाचार विराेधी सन्देशसहित देशका ६ सहरमा कार्यक्रम गर्ने भएका छन् । प्रमोसनल टुर असार ३१ गते चितवनको भरतपुरबाट सुरु भई भाद्र ५ गते काठमाडौँमा आइ टुङ्गिने छ । निर्माण पक्षले दिएको जानकारीअनुसार असार ३१ र ३२ गते चितवनको भरतपुर, श्रावण ६ र ७ बुटवल, श्रावण १३ र १४ पोखरा, श्रावण २० र २१ विराटनगर, श्रावण २७ र २८ हेटौँडामा र भाद्र ३, ४ र ५ गते काठमाडौंमा कार्यक्रम आयोजना हुनेछ ।
‘टेबल मुनिबाट’ नाम दिइएको प्रमोसनल कार्यक्रमलाई प्रदर्शाेन्मुख चलचित्र 'प्रकाश'ले सह प्रायोजन गरेको हो । कमेडियनको प्रस्तुतिका बीच चलचित्रका नायक प्रदीप खड्काले चलचित्रको प्रचार गर्ने कार्यक्रम रहेको छ । टुरमा कमेडियनहरू आदर्श मिश्रा, आयुस श्रेष्ठ, एलेनजंग थापा, आशिष घिमिरे र पुजन अधिकारी सहभागी हुनेछन् । भाद्र १० गते प्रदर्शनमा आउने चलचित्रले प्रमोसनल कार्यक्रमका लागि बटुवा कमेडी र कमेडी टुकटुकसँग सहकार्य गरेको हो ।
दिनेश राउतको निर्देशन रहेको चलचित्रमा प्रदीप खड्का, दिया मास्के, रेणु योगी, प्रकाश घिमिरे, निरज पन्थी, गोविन्द सुनुवार, रामबाबु रेग्मी, लोकेन्द्र लेखक, दिपेन्द्र शाहीलगायतका कलाकारको अभिनय रहेको छ । बिनिस इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको चलचित्रमा विकास सुवेदीको लेखन, राजेश श्रेष्ठको छायाँकन, जीवन थापाको सम्पादन, सुवास भुषाल, दिपक शर्मा, तारा प्रकाश लिम्बू र एलिस कार्कीको संगीत, उत्तम न्यौपानेको साउण्ड डिजाइन र शैलेश श्रेष्ठको पाश्र्व संगीत रहेको छ । महेन्द्र अधिकारी निर्माता रहेको चलचित्रलाई आरआर फिल्मस्का रोहित कट्टेल र रत्न श्रेष्ठले वितरण गर्दैछन् ।

‘जन्ते बाख्रो’को अग्रीम टिकट बुकिङ खुला, कति पायो शो ?

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

प्रतिक्रिया