कवि नवीन प्राचीनको 'प्वाँख' बजारमा

काठमाडौँ - पब्लिकेसन नेपालयले कवि नवीन प्राचीनको कविता संग्रह 'प्वाँख' बजारमा ल्याएको छ । कवि नवीन प्राचीन कोमलता र करुणालाई कवितामा उत्रिन दिन्छन् । यस संग्रहमा ८७ कविताहरु संग्रहित छन् ।
पुस्तकबारे बोल्दै कवि प्राचीन भन्छन् , 'कविता मभित्र कुनै कोमल भावना बनी अवतरित भए । मैले सकेसम्म त्यो कोमलतलाई भाषाले थिच्न नदिने प्रयत्न गरेको छु । वषौँ जतन गरेर राखेका यी भावना पाठकमाझ पुगेर अझ अनुप्राणित हुन्छन् भन्ने कुराले खुशी छु ।'
कवि प्राचीनका निजात्मक शैलीका कवितालाई कवि नवराज पराजुली 'सुफी-शैलीका कविता' भन्न रूचाँउछन् । 'प्वाँख' भित्रका नवीनका सबै कविता मैले पहिल्यै सुनिसकेजस्तो लाग्छ ।', पुस्तकबारे कवि नवराज पराजुलीले भनेका छन् 'सायद मेरो हृदयको अन्तर्ध्वनि थियो । उसका सबै कविता मैले पहिल्यै देखिसकेजस्तो लाग्छ । सायद मेरो हृदयको अन्तर्झिल्का थियो । तर कत्ति चाहेर पनि कतै पढ्न चाहिँ पाएको थिइनँ । आज कविताले नविनलाइ चुन्दा, त्यो अन्तर्ध्वनि र अन्तर्झिल्काले भाषा पाएको छ ।'
'प्वाँख' कविता संग्रह हालसालै एउटा समारोह बीच अमेरिकाको न्यूयोर्कमा विमोचन गरिएको थियो । 'प्वाँख' को मूल्य नेपाली बजारका लागि २९५ रुपियाँ रहेको छ र साथै पुस्तक देशका सबै प्रमुख पुस्तक पसलहरूमा उपलब्ध रहने छ । ईबुकको प्रतिलिपि thuprai.com बाट पनि किन्न सकिन्छ । यो पुस्तक विश्वव्यापी रूपमा भने Amazon मार्फत् उपलब्ध हुनेछ ।

‘भानुभक्तको कृतिले नेपाललाई एकढिक्का बनाउन योगदान दिएको छ’
_3CsYpTzqH0_kanizskuiuszmsip0dfjg0njycqrim0ojwd5zz4jlbgto3smak2yrwwaqg4n_Yt5BFJQCkd_of316rjywlbh4tv9zopt7nqtzfa023sqixdq1bpypdfckfcgrbuhdrqdza1s.jpg)
रेलिमाईलाई दुई लाख राशिको अरनिको अन्तरराष्ट्रिय पुरस्कार

पर्या निबन्ध प्रतियोगितामा तीन उत्कृष्ट निबन्धकारलाई नगदसहित गरियो सम्मान

दशौं वातावरण साहित्य गोष्ठीमा कविता र उत्कृष्ट ३२ निबन्ध संग्रह सार्वजनिक हुने
पूर्वसचिव पाण्डेको ‘सम्झनाका फूलहरू’ बजारमा

‘नीलो प्रेम’ लिएर आए पुरुषोत्तम

तिमी यसरी आयौ

प्रतिक्रिया