क्यानडामा ४७७ जनामा मङ्कीपक्स सङ्क्रमण

क्यानडा- क्यानाडाको जनस्वास्थ्य एजेन्सीले देशमा कुल ४७७ जना मङ्कीपक्स सङ्क्रमण भएको पुष्टि गरेको छ। एजेन्सीका अनुसार क्युबेकमा २८४,ओन्टारियोमा १५६, ब्रिटिश कोलम्बियामा २९ र अल्बर्टाका आठ जनामा सङ्क्रमण पुष्टि भएको छ ।
राष्ट्रिय माइक्रोबायोलोजी प्रयोगशालाले मङ्कीपक्स निम्त्याउने भाइरसको निदानात्मक परीक्षण गरिरहेको बताएको छ। मङ्कीपक्सले व्यापक सङ्क्रमण निम्त्याउन सक्ने र यो रोग सामान्यतया मध्य र पश्चिम अफ्रिकाको जङ्गली भागहरूमा बढ्ता पाइएको बताइएको छ ।
विश्व स्वास्थ्य सङ्गठनका अनुसार मङ्कीपक्स अर्थोपक्स भाइरस परिवारसँग सम्बन्धित छ ।

रामाफोसा दक्षिण अफ्रिकाको राष्ट्रपतिमा पुन: निर्वाचित

घरमा आगलागी हुँदा फिलिपिन्समा ७ जनाको मृत्यु, ३ बेपत्ता

महाराजाधिराज सरकार परमधाम, ढिलो भइसकेछ

हामीले प्राज्ञभन्दा परामर्शदाता बढी पैदा गर्याैं

मायादेवीको मन्दिर निर्माण गराउने गौचनको स्मरण

मानार्थ सैन्य पदवीको इतिहास

प्रतिक्रिया