‘दुई सदनलाई विभेद नगरियोस्’

काठमाडौँ - राष्ट्रियसभाका सांसद डा बेदुराम भुसालले संविधानले कल्पना गरेको दुई सदनात्मक संसदीय व्यवस्थाका दुई सदनलाई विभेद् नगर्न अनुरोध गरेका छन् ।
सञ्चारमाध्यामले समाचार प्रकाशन प्रशारण गर्नेदेखि निर्णय र निर्देशन कार्यान्वयनमासमेत उपेक्षा गरिएको गुनासो गर्दै भुसालले प्रतिनिधिसभाले गरेका कमजोरी सच्याउने राष्ट्रियसभा भएकाले संविधानले दिएको अधिकार प्रयोग गर्नबाट रोकेर सभालाई उपेक्षा गर्ने कुरा स्वीकार गर्न नसकिने स्पष्ट पारे ।
दुबै सदनको बैठक भएका बेला सञ्चारमाध्यामले पनि प्रतिनिधिसभाको मात्रै समाचार बजाउने गरेको आरोप लगाए । राष्ट्रियसभाको विशेष समयमा बोल्दै भुसालले राष्ट्रियसभाको उपाध्यक्षको पद किन पूर्ति नभएको भनी प्रश्न गरे । उनले भने, `प्रतिनिधिसभामा उपसभामुखको निर्वाचन हुन लागेको छ तर यता ध्यान दिइएन, समितिका सभापति पद खाली छ त्यसमा पनि ध्यान गएको छैन, दलका नेता र सचेतकमा समेत कुनै ध्यान गएन ।`
नेपालको संविधानको धारा ८३ ले दुई सदनात्मक संघीय संसद् हुने भनेर उल्लेख गरे पनि व्यवहारमा प्रतिनिधिसभा विशेष हो र राष्ट्रियसभा गौण हो भन्ने व्यवहार पाउने गरिएको उनले बताए ।
प्रतिनिधिसभामा २०७६ मा दर्ता भएको विधेयक यसै थन्क्याएर राखिएको र अहिले राष्ट्रियसभामा छिट्टै अघि बढाउन दबाब आइरहेको सन्दर्भ जोड्दै उनले यस्ता व्यवहार स्वीकार गर्न नसकिने बताए । नयाँ विधेयक छलफल नै नगरी लैजान नहुने तर्क उनको थियो ।
उनले महालेखाको प्रतिवेदनमा आर्थिक परिसूचक हेर्दा चिन्ता लाग्दो अवस्था रहेको र यो वर्ष मात्रै १५ दशमलव ४६ प्रतिशत बेरुजु बढेकाले मुलुकको सुशासन कता जाँदै छ भनेर संकेत गरिरहेको बताए । बेरुजु बढ्दै गएकाले मुलुक सुशासनभन्दा आर्थिक अराजकतातर्फ गइरहेको संकेत दिएकाले यस्ता विषयमा गम्भीर छलफल गर्नुपर्ने आवश्यकता औँल्याए ।
बाढीपहिरोको समस्या बढ्दो रहेको, महँगीले आकास छुनै लागेको र अहिलेसम्म पनि किसानले पर्याप्त मात्रामा मल पाउन नसकेको उनले बताए । रासस

राजनीतिक नेतृत्व र जनप्रतिनिधिमा सुशासन कायम गर्ने दृढ इच्छाशक्ति आवश्यक छ : स…

तीन समितिको बैठक बस्दै

विधायन व्यवस्थापन समितिको बैठक बस्दै

तीन संसदीय समितिको बैठक बस्दै

संसदीय समितिमा पानी जहाज विधेयकबारे छलफल हुने

तीन वटा संसदीय समितिको बैठक बस्दै

तीन समितिको बैठक बस्दै, राज्य व्यवस्था समितिमा गृहमन्त्री लेखक जाने

प्रतिक्रिया