सेयर बजार परिसूचक १५ अंक बढ्यो, कारोबार रकम २ अर्ब ४१ करोड

काठमाडौँ – साताको चौथो कारोबार सेयर बजार १५ अंकले बढेको छ । बिहीबार बजार परिसूचक १४.७१ अंक बढेको छ। अघिल्लो दिनको कारोबारमा ६० अंकले बढेको बजार सोही क्रमलाई पच्छ्याउँदै आजको कारोबारमा पनि सकारात्मक रह्यो।
बजार परिसूचक १५ अंक बढ्दा समग्र बजार परिसूचक २००१.५३ अंकमा उक्लिएको छ। बिहीवार २२० कम्पनीका सेयर कारोबारमा बजार परिसूचक ०.७४ प्रतिशत तथा ‘क’ वर्गका कम्पनीहरूको मापक परिसूचक १.७७ अंक बढेर ३८३.१३ मा उक्लिएको छ।
आज २ अर्ब ४१ करोड १८ लाख ३४ हजार ५९९ रूपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ। ६२ लाख १० हजार ९०८ कित्ता सेयर ३९ हजार १६८ पटकमा किनबेच भएको थियो ।
बढ्दो बजारमा आज ११६ कम्पनीको सेयर मूल्य बढेको छ भने ५५ कम्पनीको सेयर मूल्य घटेको छ ।
प्रतिक्रिया