त्रिभुवन विश्वविद्यालयको प्रश्नपत्रमा लापरबाही गर्नेलाई कारबाही गर्न सरकारलाई निर्देशन

काठमाडौँ - प्रतिनिधिसभा अन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिले त्रिभुवन विश्वविद्यालयको प्रश्नपत्रमा लापरबाही गर्नेलाई कारबाही गर्न सरकारलाई निर्देशन दिएको छ ।
सिंहदरबारमा बिहीबार बसेको समिति बैठकले विश्वविद्यालयको प्रश्नपत्र हुबहु निकाल्ने र लिक गर्नेलाई कारवाही गर्न निर्देशन दिएको हो । बैठकले प्रश्नपत्र हुबहु निकाल्ने र लिक गर्ने बिषयमा छानबिन समिति गठन गर्न पनि निर्देशन दिएको छ । समिति सभापति जयपुरी घर्तीले छानबिन समितिको प्रतिवेदन समितिमा पेश गर्न पनि निर्देशन दिइन् । उनले विश्वविद्यालयको प्रश्नपत्रमा लापरबाहीको जिम्मेवारी विश्वविद्यालयका उपकुलपति लगायत सबै पदाधिकारीले लिनुपर्ने जिकिर गरिन् ।
बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले प्रश्नपत्र हुबहु निकाल्ने र लिक गर्नेलाई तत्काल कारबाही हुने बताए । देशको करिब ८० प्रतिशत ब्यायभार बोकेको त्रिभुवन विश्वविद्यालयले आफ्नो गल्तीलाई सच्चाउँदै आगामी दिनमा यस्तो कार्य गर्न नदिनेमा आफू सजग भएको बताए । प्रश्नपत्र हुबहु निकाल्नेमाथि छानबिन भइरहेको बताउँदै उनीहरुमाथि कडा कारबाही हुने विश्वास व्यक्त गरे ।
बैठकमा त्रिभुवन विश्वविद्यालयका उपकुलपति धर्मकान्त बास्कोटाले स्नातक र स्नातकोत्तर तहका ४ वटा प्रश्नपत्र बाहिरिएको र हुबहु दोहोरिएको बताए । उनले हुबहु प्रश्नपत्र बाहिर आएपछि केहि बिषयहरुको परिक्षा पुन गर्ने निर्णय गरिएको जिकिर गरे ।
बैठकमा समिति सदस्यहरुले प्रश्नपत्र बाहिरिनु र दोहोरिनुमा त्रिभुवन विश्वविद्यालयका माथिल्लो पदाधिकारीको समेत संलग्नता रहेको हुनसक्ने भएकाले निष्पक्ष छानबिन हुनुपर्ने बताएका थिए ।
अर्थशास्त्र विभागले जेठ १८ गते संचालन गरेको स्नात्तकोत्तर तह तेस्रो सेमेष्टरको पब्लिक इकोनोमिक्स र मानविकी तथा सामाजिक विज्ञान संकाय अन्तर्गत डिन कार्यालयले २३ जेठमा सञ्चालन गरेको स्नातकोत्तर तह राजनीतिशास्त्रको पहिलो सेमेष्टरको ‘इन्टरनेशनल पोलिटिक्स’ विषयको प्रश्नपत्र अघिल्लो वर्षको प्रश्नपत्रसँग हुबहु मिलेको थियो ।
((

राजनीतिक नेतृत्व र जनप्रतिनिधिमा सुशासन कायम गर्ने दृढ इच्छाशक्ति आवश्यक छ : स…

तीन समितिको बैठक बस्दै

विधायन व्यवस्थापन समितिको बैठक बस्दै

तीन संसदीय समितिको बैठक बस्दै

संसदीय समितिमा पानी जहाज विधेयकबारे छलफल हुने

तीन वटा संसदीय समितिको बैठक बस्दै

तीन समितिको बैठक बस्दै, राज्य व्यवस्था समितिमा गृहमन्त्री लेखक जाने

प्रतिक्रिया