देशभर कोभिडको ग्राफ बढ्दै, एकै दिनमा देखिए २६० संक्रमित

काठमाडौँ- देशभर २६० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार ३ हजार ८४४ जनाको कोभिड परीक्षण गरिएको छ ।
२४ घण्टामा ४८ जना संक्रमणमुक्त भएका छन् । हालसम्म देशभरबाट ९ लाख ६७ हजार ८५८ जना संक्रमणमुक्त भइसकेका छन् ।
आज मात्र ७२ हजार ३२० जनाले कोभिडविरुद्धको खोप लगाएका छन् । हालसम्म कोभिडका कारण ११ हजार ९५२ जनाको मृत्यु भएको छ ।
त्यस्तै सक्रिय संक्रमित १ हजार १७१ जना पुगेका छन् ।
बुधबार देशभर २०६ जनालाई संक्रमण पुष्टि भएको थियो ।

सुदूरपश्चिममा कोरोनाविरुद्ध ‘फाइजर’ खोप लगाइँदै

कोरोना भाइरसविरुद्धको १६ लाख ६८ हजार मात्रा खोप आयो

कोरोना भाइरसविरुद्धको फाइजरको ‘मनोभ्यालेन्ट’ खोप ल्याइयो

कोरोनाको नयाँ भेरियन्ट ‘केपी’ : सङ्क्रामक तर कम घातक

सीरम इन्स्टिच्युटले भन्यो- डिसेम्बर २०२१ देखि नै कोभिशिल्डको उत्पादन बन्द छ

एक हप्तामा २८ जनामा कोरोना सङ्क्रमण

सुदूरपश्चिममा एकै दिन सात जनामा कोरोना पुष्टि

प्रतिक्रिया