गण्डकीको बजेट बहुमतले पारित

पोखरा । गण्डकी प्रदेश सरकारले ल्याएको आर्थिक वर्ष २०७९/०८० को विनियोजन विधेयक बहुमतले पास भएको छ । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री र मन्त्रीहरुले जवाफ दिएपछि प्रदेशको बजेट बहुमतले पारित भएको हो ।
मन्त्रीहरुको जवाफ पछि नेकपा एमालेले बजेटमा असहमति जनाएपनि गठबन्धनको स्पष्ट बहुमत भएकोले बजेट पास भएको हो । गण्डकीको बजेटमा गठबन्धनका नेपाली कांग्रेस, माओवादी केन्द्र, जसपा, जनमोर्चा र एक स्वतन्त्र सांसद विनियोजन विधेयककाे पक्षमा रहेका थिए ।
अर्थमन्त्री रामजीप्रसाद बरालले गण्डकी प्रदेशका लागि आर्थिक वर्ष २०७९/०८० का लागि असार १ गते ३५ अर्ब ९० करोड ९० लाख रुपैयाँको रुपैयाँको बजेट प्रस्तुत गरेका थिए । सरकारले कुल बजेटमध्ये चालु खर्च १३ अर्ब २६ करोड ८८ लाख ५४ हजार (३६.९५ प्रतिशत), पुँजीगततर्फ २२ अर्ब १४ करोड १ लाख ४६ हजार रुपैयाँ (६१.६६ प्रतिशत) बजेट विनियोजन गरेको छ । वित्तीय व्यवस्थातर्फ ५० करोड (१.९३ प्रतिशत), स्थानीय तहमा वित्तीय हस्तान्तरण २ अर्ब ११ करोड १० लाख (५.८८ प्रतिशत) छुट्याइएको छ ।

चन्दा सङ्कलन गरी २७ किलोमिटर पदमार्ग निर्माण

९ किलोमिटर सडक कालोपत्र

नौ सय घरमा खानेपानी सुविधा
रसुवामा बेपत्ता भएका गोरखाका दुई जनाको सनाखत गर्न आएनन् आफन्त

सरकारले गर्यो म्याग्दीको संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय खार…
_LbyzHsdAc4_s91sgi0aoyemfehb80g6w4nzojr37cmyd9vhrwgn9xx9wbpm5m5rwwobg2cv_4zQFzr58WL_1tebxhjwlxfo50nsnyh2ml1p57nspqnkvejvyybdvxievjdl9sr5uzms0i67.jpg)
म्याद थप्दासमेत सम्पन्न भएन प्रशासकीय भवन

प्रतिक्रिया