स्पष्टीकरण सोधेपछि राप्रपाका तीन नेताले भनेः पार्टीभित्र न्यूनतम प्रजातन्त्रको अवसान भएकै हो ?

काठमाडौँ- राप्रपा कार्य सम्पादन समितिले गरेको निर्णयप्रति तीन सदस्यले आपत्ति जनाएका छन् । समितिको बिहीबार बसेको बैठकले स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो ।
समितिले २४ घण्टे समय दिएर स्पष्टीकरण सोधिएकामा तीन सदस्य दिलनाथ गिरी, दिलविक्रम राजभण्डारी र श्याम तिमल्सिनाले आपत्ति जनाएका हुन् ।स्पष्टीकरण सोधिएको जानकारी सामाजिक सञ्जालबाट थाहा पाएको उनीहरूले बताएका छन् । स्पष्टीकरण सोधिएकामा दुःखित भएको उनीहरूले बताएका छन् ।
तीन सदस्यले जारी गरेको विज्ञप्तिमा लेखिएको छ,' २४ घण्टे स्पष्टीकरण निषेध, पूर्वाग्रह र दूराशयबाट प्रेरित छ । पार्टी नेतृत्व अप्रजातान्त्रिक र सर्वसत्तावादी भएको छ । ' पार्टी नेतृत्त्व नसच्चिएर निरंकुश बनिरहेको उनीहरूले आरोप लगाएका छन् ।
नाङ्लो ठट्टाएर हात्ती तर्साउने खेल भएको उनले प्रस्ट पारेका छन् । सस्तो र तल्लो स्तरको खेल भएको तीन सदस्य टोलीले बताए । उनीहरूले पार्टीको हितमा काम गर्न चाहेको बताएका छन् । राष्ट्रवादी प्रजातान्त्रिक शक्ति निर्माण गर्ने अभियानमा जुटिरहेको विज्ञप्तिमा लेखिएको छ ।
' के राप्रपा भित्र आन्तरिक प्रजातान्त्रिक अभ्यास बर्जित छ ? पार्टीभित्र न्यूनतम प्रजातन्त्रको अवसान भएकै हो ?,' उनीहरूले प्रश्न गर्दै भनेका छन्,' नेतृत्त्वको चरित्र र व्यवहार निषेधको राजनीतिबाट प्रेरित हो । हामी पार्टीलाई फराकिलो बनाउनु पर्छ । ठूलो बनाउनुपर्छ । पार्टी भन्दा बाहिरका मानिसलाई समेट्नु पर्छ भन्दा पार्टीको अहित कसरी भयो ?'

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया