गोरखाका पहिरो प्रभावितलाई राहत र बासस्थानको व्यवस्था गर्न सांसद अधिकारीको माग

काठमाडौँ - प्रतिनिधिसभाको आजको बैठकमा सांसद हरिराज अधिकारीले गोरखाको आरुघाट गाउँपालिका–१ श्याम्चेतमा बुधबार पहिरोले धेरै घर बगाएको र जनजीवनसमेत प्रभावित बनाएकोे भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।
आजको बैठकमा समय मागेर बोल्दै सांसद अधिकारीले त्यहाँका पहिरो प्रभावितलाई उचित बासस्थान र राहतको व्यवस्था गर्न माग गरे । बैठकमा समय मागेर बोल्दै सांसद समिना हुसेनले अन्यायका विरुद्धमा बोल्दा विद्यार्थीहरू थुनामा राखिएको र त्यसविरुद्धमा केही विद्यार्थी आमरण अनशन बसेको सदनमा जानकारी गराए ।
उनले स्वास्थ्य अवस्था गम्भीर भएर विद्यार्थीलाई आइसीयूमा राखिएको जानकारी गराउँदै त्यसतर्फ गम्भीर हुन सरकारसँग आग्रह गरे । अर्का सांसद राजेन्द्रकुमार केसीले बाढी, पहिरोलाई मात्रै हेर्ने विभाग नहुँदा मुलुकमा विपद्को समस्या झन् बढिरहेको बताए ।
उनले काठमाडौँको पहाडी भू–भाग बाढीपहिरोको उच्च जोखिममा रहेको जानकारी गराउँदै त्यसबाट बस्ती जोगाउन सदनमार्फत सरकारको ध्यानाकर्षण गराए । रासस

राजनीतिक नेतृत्व र जनप्रतिनिधिमा सुशासन कायम गर्ने दृढ इच्छाशक्ति आवश्यक छ : स…

तीन समितिको बैठक बस्दै

विधायन व्यवस्थापन समितिको बैठक बस्दै

तीन संसदीय समितिको बैठक बस्दै

संसदीय समितिमा पानी जहाज विधेयकबारे छलफल हुने

तीन वटा संसदीय समितिको बैठक बस्दै

तीन समितिको बैठक बस्दै, राज्य व्यवस्था समितिमा गृहमन्त्री लेखक जाने

प्रतिक्रिया