गठबन्धनको विकल्पमा पनि ध्यान दिनुपर्छ : सहमहामन्त्री पाण्डे

काठमाडौँ - नेपाली काँग्रेसका सहमहामन्त्री बद्री पाण्डेले पार्टीको केन्द्रीय समितिको बैठकमा गठबन्धनको विकल्पमा पनि ध्यान केन्द्रित गर्नुपर्ने कुरा उठेको बताएका छन् ।
बिहीबार पार्टी कार्यालयमा बसेको केन्द्रीय समितिको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले केन्द्रीय सदस्यहरुले गठबन्धनलाई सकेसम्म अघि बढाउनुपर्ने र भएन भने यसको विकल्पका रुपमा प्लान बी मा पनि प्रवेश गर्नुपर्ने माग राखेको बताए ।
सहमहामन्त्री पाण्डेले पार्टीको बारेमा केन्द्रीय सदस्यहरुले उठाएका प्रश्नको जवाफ पदाधिकारीहरुले दिने र सबैको जवाफ दिन नसके सभापति शेरबहादुर देउवाले नै जवाफ दिने बताए । उनले आगामी दिनमा काँग्रेसले समात्ने बाटोको बारेमा पनि केन्द्रिय सदस्यहरुले कुरा राखेको बताए ।
उनले भने, ‘सरकारसँग सम्बन्धित प्रश्नहरु पनि उठेका छन् । हामी पदाधिकारीले दिनसक्ने जवाफ हामीले दिन्छौँ, सरकारको तर्फबाट दिनुपर्ने जवाफ पार्टीका मन्त्री र प्रधानमन्त्रीले दिनुहुन्छ । लोकतन्त्रमा प्रश्न उठ्छन्, उठाउनुपर्छ । प्रश्नको जवाफ पनि खोज्नुपर्छ । केही समीक्षात्मक प्रश्नहरु उठेका छन् । आगामी दिनमा कुन बाटो जाने भन्ने प्रश्नहरु छन्, त्यसैले यसको उत्तर पार्टीले दिन्छ । गठबन्धनलाई निरन्तरता दिनुपर्छ भन्ने कुराहरु गर्नुभएको छ । भ्रातृ संस्था र पार्टीका निकायलाई पूर्णता दिनुपर्ने कुरा छ । गठबन्धन तोड्नुहुँदैन तोडिए प्लान बीमा पनि जानुपर्ने कुरा छ । कामकाजी बन्न सकिएको छैन ।’
सहमहामन्त्री पाण्डेले पार्टी कामकाजी बन्न नसकेकाले सबै पदाधिकारीले जिम्मेवार भएर आफ्नो दायित्व पूरा गर्नुपर्ने बताए ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया