राजीनामापछि पसिना पुछ्दै फर्किए मन्त्रीहरू

सुर्खेत : कर्णाली प्रदेश सरकारमा रहेका नेकपा एमालेका तीनजना मन्त्रीले आज (मंगलबार) संयुक्त राजीनामा दिएका छन् । वीरेन्द्रनगरमा पत्रकार सम्मेलनगरी राजीनामा दिएको जानकारी गराएका हुन् । आर्थिक मामिला तथा योजना आर्थिक मामिला प्रकाश ज्वाला, सामाजिक विकास मन्त्री दल रावल र वन तथा वातावरणमन्त्री नन्दसिंह बुढाले राजीनामा दिएका हुन् ।
राजीनामापछि तीनैजना मन्त्रीहरू हिडेरै प्रदेशसभा भवनमा आएका हुन् । आर्थिक मामिला तथा योजना मन्त्रालायमा आयोजित पत्रकार सम्मेलनपछि करिब १५ मिनेट जति हिडेर प्रदेशसभा भवनमा आइपुगेका हुन् ।
मन्त्री पदबाट राजिनामा दिएपछि आफुहरूले उपभोग गर्दै आएका सम्पूर्ण सेवा सुविधाहरू छोडिसकेको आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले बताए । ‘आजका दिनबाट हामीहरूले प्रयोग गर्दै आएका गाडी र सुरक्षाकर्मीहरु फिर्ता गरेका छौ’ ज्वालाले भने, ‘मन्त्रीबाट राजीनामा दिएकाले कुनै पनि उपभोग गर्दैनौ ।’ राजीनामापछि आफूहरू प्रदेशसभा सांसदको रूपमा रहने उनले बताए ।
संसदीय दलको आइतबार बसेको बैठकले मुख्यमन्त्री शाही नेतृत्वको सरकारमा रहेका तीन मन्त्रीलाई तत्काल राजीनामा दिन निर्देशन दिएको थियो । तीनजना मन्त्रीले पार्टी निर्देशनअनुसार संयुक्तरूपमा राजीनामा घोषणा गरेका हुन् । यसअघि गत चैत ४ गते एमालेले कर्णाली प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो ।

छायाँक्षेत्र (छायाँनाथ) धामको तीर्थयात्रा सुरू

प्रदेश सरकारले पैतृक सम्पत्तिमा कर बढायो

अज्ञात रोग फैलिँदा चङ्खेलीमा ३० भन्दा बढी पशुवस्तु मरे

कर्णालीमा १६ हजार घरको विपद् बिमा

भेरी नदीमा पानीको सतह बढेकाले सतर्कता अपनाउन आग्रह

भेरी नदीमा टिपर खस्दा तीन जना बेपत्ता

कर्णालीमा ५० ठाउँमा तुइन रहेको प्रारम्भिक रिर्पोट

प्रतिक्रिया