शनिबार २७ बैशाख, २०८२
Saturday, May 10, 2025

भारतले दियो नेपाललाई विपद् रोकथामका सामग्री

काठमाडौँ- नेपाललाई भारत सरकारले प्राकृतिक विपद्जन्य घटनामा प्रयोग हुने र्‍याफ्टिङ, त्रिपाललगायतका सामग्रीहरु सहयोग गरेको छ । शुक्रबार गृह मन्त्रालयमा नेपालका लागि भारतीय राजदुत नविन श्रीवास्तवले गृहमन्त्री बालकृष्ण खाँणलाई प्राकृतिक विपद्जन्य घटनामा प्रयोग हुने र्‍याफ्टिङ, त्रिपाललगायतका सामग्रीहरु हस्तान्तरण गरेका हुन् ।

भारतले ३ हजार टेन्ट्स, १० इन्प्लेटिबल रबराईज बोट्स लगायतका विपद्का बेला प्रयोगमा आउने विभिन्न सामग्री हस्तान्तरण गरेको छ । हस्तान्तरण कार्यक्रममा बोल्दै गृहमन्त्री बालकृष्ण खाँणले नेपाल र भारत मिलेर नै प्राकृतिक विपद्का घटनाहरुको सामना गरिरहेको निरन्तर सहयोगको अपेक्षा गरेको बताए । उनले भूक्षय, बाढीका कारण नेपालमा हुने गरेको क्षतिमा भारत सरकारले सहयोग महत्वपूर्ण रहेको भन्दै नेपाल र भारत सरकारबीचको सम्बन्ध सुमधुर रहेको बताए । 

उनले भने, ‘नेपाल र भारत मिलेर नै प्राकृतिक विपद्का घटनाहरुको सामना गरिरहेका छौँ । आगामी दिनमा पनि यसलाई निरन्तरता दिनेछौँ । भूक्षय, बाढीका कारण नेपालमा हुने गरेको क्षतिमा भारत सरकारले पहल्यिैदेखि सहयोग गर्दै आएको छ । प्राकृतिक विपद्का लागि क्षमता विकासमा पनि भारतले सहयोग गरिरहेको छ ।’

त्यस्तै नेपालका लागि भारतीय राजदुत नविन श्रीवास्तवले वर्षाको बेला भारत र नेपालमा प्राकृतिक विपद्का घटना धेरै हुने गरेकोले विपद्पूर्व नै तयारीका लागि सामान हस्तान्तरण गरेको बताए । उनले प्राकृतिक विपद्का घटनाको न्यूनिकरणका लागि आगामी दिनमा पनि नेपाल र भारत मिलेर काम गर्ने प्रतिवद्धता जनाए । 

उनले भने, ‘नेपाल र भारतमा वर्षायाममा धेरै क्षति पुग्छ । नेपालले सहयोग मागेपछि हामीले नेपाललाई धेरै सहयोग गर्‍यौं । भारतले नेपाललाई सधैँ सहयोग गरिरहेको नै छ । प्राकृतिक विपद्को सामना गर्नु नेपाल र भारतको विकासको साझेदारीको एउटा महत्वपूर्ण कुरा हो । नेपालसँग भविष्यमा पनि मिलेर भारत प्राकृतिक विपद्का सामना गर्न चाहन्छ । यसको लागि जे क्षमता विकास गर्नसक्छौँ भारतले गर्नेछ ।’

राजदुत श्रीवास्तवले विपद्को सामना गर्नको लागि आवश्यक क्षमता विकास गर्न पनि भारतले सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । 
 

प्रधानमन्त्रीसँग नेपालका लागि जापानी राजदूतको शिष्टाचार भेट

प्रधानमन्त्रीसँग नेपालका लागि जापानी राजदूतको शिष्टाचार भेट

मन्त्री यादव र नेपालका लागि जापानका राजदूत तोरुबीच भेटवार्ता

मन्त्री यादव र नेपालका लागि जापानका राजदूत तोरुबीच भेटवार्ता

परराष्ट्रमन्त्री डा देउवा र भारतीय विदेशमन्त्रीबीच द्विपक्षीय भेटवार्ता

परराष्ट्रमन्त्री डा देउवा र भारतीय विदेशमन्त्रीबीच द्विपक्षीय भेटवार्ता

परराष्ट्रमन्त्री र मल्दोभाका उपप्रधानमन्त्रीबीच भेटवार्ता

परराष्ट्रमन्त्री र मल्दोभाका उपप्रधानमन्त्रीबीच भेटवार्ता

परराष्ट्रमन्त्रीद्वारा युक्रेनका विदेशमन्त्रीसँग वार्ता :युक्रेनी सेनाको कब्जामा रहेका सात नेपालीलाई मुक्त गर्न माग

परराष्ट्रमन्त्रीद्वारा युक्रेनका विदेशमन्त्रीसँग वार्ता :युक्रेनी सेनाको कब्जामा रह…

परराष्ट्रमन्त्री डा राणा नयाँ दिल्लीमा, भारतीय विदेशमन्त्रीसँग भेट्ने

परराष्ट्रमन्त्री डा राणा नयाँ दिल्लीमा, भारतीय विदेशमन्त्रीसँग भेट्ने

प्रधानमन्त्री र इजिप्टका राष्ट्रपतिबीच टेलिफोन संवाद, विपिनको रिहाइका लागि आग्रह

प्रधानमन्त्री र इजिप्टका राष्ट्रपतिबीच टेलिफोन संवाद, विपिनको रिहाइका लागि आग्रह

वनमन्त्री ठकुरी र भारतका वातावरणमन्त्री यादवबिच भेटवार्ता

वनमन्त्री ठकुरी र भारतका वातावरणमन्त्री यादवबिच भेटवार्ता