नागरिकता विधेयक समानताको हक विपरीत छ : सांसद पाण्डे
काठमाडौँ–नेकपा एमालेकी सांसद बिन्दा पाण्डेले सरकारले ल्याएको नागरिकता विधेयक समानताको हक विपरीत भएको बताएकी छिन् । उनले संसद्मा जारी नागरिकता विधेयकमाथिको छलफलमा यस्तो बताएकी हुन् ।
‘यो विधेयक समानताको हक विपरीत छ,’ उनले भनिन्, ‘जसले महिलाको दम्पतीको चयन, पैतृक सम्पत्तिको कबोल, वासस्थानको चयन जस्ता परिवारको आधारभूत हकको हनन् गरेको छ । विद्यमान नागरिकता कानुनले छोरीको विदेशी दम्पतीलाई आफ्नो र विदेशीसँग विवाह गर्ने छोरीलाई पराइको व्यवहार गर्दै परिवार सहित बस्ने हो भने देश निकाला भएर जाउ भन्ने भाव बोकेको छ । यी विषयमा यो विधेयक मौन छ ।’
उनले विधेयकमा समानताको कुरा उठाउँदै सरकार, संसद् र दललाई प्रश्न गरिन् । ‘हामी समाजवादको कस्तो मोडल र सामाजिक न्याय स्थापित गर्न खोज्दै छौँ ?,’ उनले भनिन्, ‘ कुन मान्यतामा उभिएर लैङ्गिक समान नागरिक हैसियतको कुरा गर्न सक्छौँ ? यो प्रश्न सरकार, संसद र सबै दललाई हो ?’

छानबिन समितिको म्याद एक हप्ता थप

प्रतिनिधिसभाः मधेश प्रदेशलाई उच्च प्राथमिकता दिन सांसदको माग

प्रतिनिसभाः प्रस्ताव स्वीकृत

नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१ माथि संशोधनकर्तामा सांसदहरु गरे छलफल

वर्तमान सरकार एकता–सहकार्य–प्रतिस्पर्धा र सहअस्तित्वमा आधारित छः प्रधानमन्त्री ओली

युवाहरुलाई स्वदेशमै रोजगारीको अवसर सिर्जना गर्नु सरकारको प्राथमिकता : प्रधानम…

सभामुखद्वारा रास्वपा र राप्रपाका नेतासँग छलफल

प्रतिक्रिया