शुक्रबार ०५ बैशाख, २०८२
Friday, April 18, 2025

दिपाश्रीको फेसबुक ह्याक गरेको आरोपमा १४ वर्षीय किशोर पक्राउ

काठमाडौँ : कलाकार दिपाश्री निरौला, सरोज खनाल लगायत कलाकारको फेसबुक ह्याक गरेको आरोपमा १४ वर्षीय किशोर पक्राउ परेका छन् । 
पर्सा बहुदरमाई नगरपालिका–५ का उनलार्ई प्रहरीले सोमबार पक्राउ गरेको प्रहरी वरिष्ठ उपरीक्षक नविन्द अर्यालले जानकारी दिए । उनलाई जिल्ला अदालत काठमाडौँबाट अनुमति लिइ पर्साबाट पक्राउ गरिएको हो ।

चैत्र १२ गते दिपाश्रीले फेसबुक ह्याक भएको भन्दै प्रहरीमा उजुरी दिएकी थिइन् । ह्याकरले एकाउन्ट ह्याक गरेर पैसा माग गरेका थिए । यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।