स्वास्थ्य मन्त्रालयले भन्योः स्थानीय तहबाट सञ्चालित कोभिड उपचार केन्द्रका स्वास्थ्यकर्मीले पारिश्रमिक नपाउने
कोभिड 'डेडिकेटेड' शुक्रराज र वीर अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीको करार अवधि थप्यो

काठमाडौँ- सरकारले स्थानीय तहमा सञ्चालित कोभिड उपचार केन्द्रमा कार्यरत स्वास्थ्यकर्मीलाई पारिश्रमिक नदिने भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा सचिव देव कुमारी गुरागाई र सचिव डा. रोशन पोख्रेलको उपस्थितिमा बसेको बैठकले साउन १ गतेबाट ६४९ स्थानीय तहमा रहेका स्वास्थ्यकर्मीलाई बजेट उपलब्ध नगराउने निर्णय गरेको हो ।
कोभिड 'डेडिकेटेड' शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल र वीर अस्पताल कार्यरत स्वास्थ्यकर्मीको करार अवधि पौष मसान्त सम्म थप्ने निर्णय पनि गरेको मन्त्रालयले जनाएको छ ।
त्यस्तै, कोभिड-१९ 'मोर्डेर्ट र सेभर' केसको उपचारका लागि सातै प्रदेशमा अस्पताल तोकेको छ । अस्पताललाई 'केस' बेसका आधारमा उपचार खर्च उपलब्ध गराउने मन्त्रालयले जानकारी दिएको छ ।

सुदूरपश्चिममा कोरोनाविरुद्ध ‘फाइजर’ खोप लगाइँदै

कोरोना भाइरसविरुद्धको १६ लाख ६८ हजार मात्रा खोप आयो

कोरोना भाइरसविरुद्धको फाइजरको ‘मनोभ्यालेन्ट’ खोप ल्याइयो

कोरोनाको नयाँ भेरियन्ट ‘केपी’ : सङ्क्रामक तर कम घातक

सीरम इन्स्टिच्युटले भन्यो- डिसेम्बर २०२१ देखि नै कोभिशिल्डको उत्पादन बन्द छ

एक हप्तामा २८ जनामा कोरोना सङ्क्रमण

सुदूरपश्चिममा एकै दिन सात जनामा कोरोना पुष्टि

प्रतिक्रिया