उच्च अदालत पाटन, हेटौँडा इजलासमा दुई वर्ष नाघेका चार मुद्दा बाँकी
हेटौँडा- उच्च अदालत पाटन हेटौँडा, इजलासमा दुई वर्ष नाघेका चारवटा मुद्दा फर्छ्याेट गर्न बाँकी रहेका छन् । पत्रकारसँगको अन्तर्क्रियामा आज उच्च अदालतका न्यायाधीश अब्दुल अजिज मुसलमानले रित नपुगेको कारण चार मुद्दा फर्छ्याेट हुन बाँकी रहेको जानकारी दिए ।
जसमध्ये एक अङ्ग नपुगेको र एक सर्वोच्चमा विचाराधीन रहेको उनले जानकारी दिए । न्यायाधीश मुसलमानले लक्ष्यभन्दा बढी मुद्दा फर्छ्याेट भएको बताए । जुनसुकै बेलामा मुद्दाका विषयमा प्रवक्तासँग जानकारी लिन पत्रकारलाई आग्रह गर्दै उनले अदालतको सबै फैसला सार्वजानिक गर्ने गरेको प्रष्ट पारे ।
उनले गोला प्रथा लागु भएपछि न्यायाधीश १० बजे आउने र ११ बजे नै बेन्च बस्ने गरेको बताए । सोही कारण लक्ष्यभन्दा बढी मुद्दा फैसला गर्न सफल भएको उनको भनाइ छ । आर्थिक वर्ष २०७८/७९ का अनुमानित वार्षिक फर्छ्याेट लक्ष्य एक हजार १९४ रहेकोमा एक हजार २८४ फर्छ्याेट भएको अदालतका रजिष्ट्रार जगदीशप्रसाद भट्टले बताए । उनले नयाँ दर्ता अनुमान एक हजार १४९ रहेको र लक्ष्य पुग्न बाँकी ९० थान रहेको बताए । रासस

सेफ्टीट्याङ्कीमा खसेर बालिकाको मृत्यु

बाँदरले दुःख दिएपछि बेसार खेतीतिर किसान

पशुमा पनि बाँझोपनको समस्या बढ्यो
भक्तपुर पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

प्रदेश सरकारद्वारा विद्यालयलाई बस प्रदान

मल्लकालीन बस्तीका स्ववासीलाई सयौँ वर्षपछि लालपुर्जा वितरण

भक्तपुर–नगरकोट सडकखण्डको १५ किलोमिटर सडक कालोपत्र अन्तिम चरणमा

प्रतिक्रिया