सुकुम्बासीका पीडा : हिउँदमा ढल, वर्षामा बाढी [फोटोफिचर]

काठमाडौँ - राजधानी काठमाडौँको बागमती, विष्णुमती, मनहरा र गोदावरी नदी किनारका खाली जमिनमा हजारौं टहरा बनाएर सुकुम्बासीहरू बस्दै आएका छन् । नदी किनारमा रहेका यी बस्तीका कथा/व्यथा अनेक छन् । वर्षामा नदी पस्ने त्रासले रातभर अनिदो बस्छन् उनीहरू ।
अहिले वर्षायाम छ । नदीमा पानीको बहाव उच्च हुन्छ । नदी छेउमा भएकै कारण कहिले बस्तीमा बाढी पस्छ पत्तो हुँदैन । हिउँदमा ढल गन्हाएर त्यस्तै हैरान बनाउँछ । सरकारले सुकुम्बासीलाई व्यवस्थित गरेर राख्न नसक्दा उनीहरूले दुःख पाएका छन्।
सुकुम्बासी बस्ती छेउका सडकहरू हिलाम्मे छन् । वरपर वन, बुट्यान र झाडी रहेकाले सर्पलगायतको त्रास पनि त्यत्तिकै छ । स–साना झुपडी र टहराबाट वर्षौंअघि सुरु भएको यहाँको बस्ती आजकल धेरै ठाँउमा पक्की घरमा परिणत भएको देख्न सकिन्छ ।
कतिपय ठाँउमा महँगो रकम लिएर सटर र कोठा भाडामा लगाउने प्रचलन पनि सुरु भइसकेको छ । सरकारले सुकुम्बासी र अव्यवस्थित बसोवासीहरूको व्यवस्थापनका लागि आयोग नै बनाएर काम सुरु गरेसँगै धेरै घरबिहीनहरू खुसी छन् ।
तर सरकारले सुकुम्वासीहरूलाई व्यवस्थित गर्न नसक्दा कहिले ठाउँ छोडेर हिँड्नुपर्छ भन्ने चिन्ता पनि त्यत्तिकै छ । कहीँकतै घर नहुने र लामो समयदेखि झुपडीमा वास बस्ने बेसहाराहरूका लागि पछिल्लो समय सुकुम्वासी बस्ती आशाको सञ्चार भएको छ ।
तस्बिर : न्युज एजेन्सी नेपाल

बाल्टीको पानीमा डुबेर शिशुको मृत्यु

रकम हिनामिना कसुरमा एक जना पक्राउ

रक्तसञ्चार गुणस्तरका मापदण्ड पालना गरेका छौँ : रेडक्रस सोसाइटी

विद्यार्थीका सृजनाले उनीहरूलाई उत्प्रेरित गरेको छ : उपप्रमुख डङ्गोल

कार्यक्रम ‘ऐना’को दोस्रो संस्करण आजदेखि प्रसारण हुने

लामिछानेको पक्षमा हस्ताक्षर गर्ने ट्राफिक प्रहरी प्रधान कार्यालय तानिए

कहाँ-कहाँ छ भारी वर्षाको सम्भावना ?

प्रतिक्रिया