लुम्बिनीका सांसदद्वय पन्थी र न्यौपाने पदमुक्त

बुटवल : लुम्बिनी प्रदेशका प्रदेश सभा सदस्य दधिराम न्यौपाने र दिनेश पन्थी पदमुक्त भएका छन्। प्रदेश सभाको मंगलबारको बैठकमा सभामुख पूर्णबहादुर घर्तीले न्यौपाने र पन्थीको सांसद पद रिक्त भएको जानकारी गराएका हुन् ।
दधिराम न्यौपाने रुपन्देही क्षेत्र नम्बर १ (२) र दिनेश पन्थी गुल्मी क्षेत्र नम्बर २(२) बाट निर्वाचित प्रदेश सभा सदस्य थिए । सभामुख घर्तीले नेकपा माओवादी केन्द्र केन्द्रीय कार्यालयको जानकारी तथा प्रदेश सभा संसदीय दलको निर्णयको पत्र सचिवालयमा प्राप्त भएको जानकारी गराएका थिए।
‘प्रदेश सभाको नियमावलीको १ सय ९२ बमोजिम दल त्यागको सूचना बैठकलाई दिएमा त्यस्तो सदस्यको स्थान रिक्त रहने मानिने छ भन्ने व्यवस्था अनुसार माननीय सदस्य दधिराम न्यौपाने र माननिय सदस्य दिनेश पन्थीको प्रदेश सभा सदस्य पद आजका मितिबाट रिक्त रहने व्यहोरो सम्मानित सभालाई जानकारी गराउँछु,’सभामुख घर्तीले प्रदेश सभालाई जानकारी गराउँदै भने। दुई जनाको पद रिक्त रहेको घोषणा गरेसँगै चालु संसद्को अधिवेशन पनि अन्त भएको छ।

वाइसीएलका अध्यक्षमा पुष्प ओली

एकीकृत समाजवादीद्वारा कानुनविद्हरूसँग छलफल

विपद् व्यवस्थापनमा स्थानीय तह र समुदायबीच सहकार्य जरुरी छ : मुख्यमन्त्री आचार्य

उत्तेजनाको राजनीति कांग्रेसकोे शैली होइन : महामन्त्री थापा

मुख्यमन्त्रीलाई बुझाइयो प्रशासनिक संरचना पुनरावलोकन समितिको प्रतिवेदन

‘मानव सभ्यता प्रकृतितर्फ फर्क’ भन्ने पूर्वीय दर्शन महत्वपुर्णः कांग्रेस नेता महर

श्रम मन्त्री भण्डारी जेनेभा प्रस्थान

प्रतिक्रिया