बिहीबार ०१ साउन, २०८२
Thursday, July 17, 2025

मकवानपुरगढीले ८० करार कर्मचारीको नवीकरण नगर्ने

बागमती- मकवानपुरको मकवानपुरगढी गाउँपालिकाले यहाँ कार्यरत ८० जना करार कर्मचारीको नियुक्ति नवीकरण नगर्ने भएको छ ।

गाउँपालिकाको हालको वित्तीय अवस्था कमजोर रहेकाले गाउँपालिकाले करारमा नियुक्त कर्मचारीको करार सम्झौता नवीकरण नगर्ने निर्णय गरेको गाउँपालिकाद्वारा जारी सूचनामा उल्लेख छ ।

शुक्रबार अबेर बसेको कार्यपालिका बैठकले करार कर्मचारीको म्याद थप नगर्ने निर्णय गरेको गाउँपालिकाले जनाएको छ ।