लुम्बिनी सांस्कृतिक नगर कोरोनाविरुद्धको पूर्णखोप सुनिश्चित

लुम्बिनी- लुम्बिनी सांस्कृतिक नगरपालिकाले कोरोनाविरुद्धको खोपको लक्ष्य पूरा गरेकाले खोपको सुनिश्चितता तथा नियमित खोपको दीगोपना सुनिश्चित नगर घोषणा गरिएको छ ।
विश्वमा महामारीका रूपमा कोरोना भाइरस फैलिएको र यसलाई नियन्त्रण खोपले मात्र गर्न सक्ने भएकाले पूर्णखोप नगर सुनिश्चितता घोषणा गरिएको नगरपालिकाको सूचना शाखाले जनाएको छ । नगरमा १२ वर्ष उमेर समूहदेखि माथिका नागरिकलाई कोरोनाको पूर्णखोप प्रदान गरी नागरिकको स्वास्थ्यप्रति नगरपालिका गम्भीर रहेको नगरप्रमुख सजरुद्दिन मुसलमानले बताए ।
खोप अभियानमा स्वास्थ्यकर्मीको महत्वपूर्ण भूमिका रहेको बताउँदै नगर उपप्रमुख कल्पना हरिजनले नगरको स्वास्थ्य क्षेत्रको विकासमा सबैले सहकार्य गर्न आवश्यक रहेको बताए । महामारी फेरि आउन सक्ने भएकाले यसमा सबै सजग हुनुपर्ने भन्दै प्रमुख प्रशासकीय अधिकृत भूपेन्द्र पाण्डेले स्वास्थ्य सेवा प्रभावकारी बनाउन स्वास्थ्यकर्मी तथा स्वयंसेविकाको भूमिका महत्वपूर्ण हुने बताए ।
लुम्बिनीमा कोरोनाविरुद्धको पूर्णखोपको सुनिश्चिताले पर्यटक तथा बौद्ध धर्मालम्बीका लागि सुरक्षित देखिएको छ ।

सुदूरपश्चिममा कोरोनाविरुद्ध ‘फाइजर’ खोप लगाइँदै

कोरोना भाइरसविरुद्धको १६ लाख ६८ हजार मात्रा खोप आयो

कोरोना भाइरसविरुद्धको फाइजरको ‘मनोभ्यालेन्ट’ खोप ल्याइयो

कोरोनाको नयाँ भेरियन्ट ‘केपी’ : सङ्क्रामक तर कम घातक

सीरम इन्स्टिच्युटले भन्यो- डिसेम्बर २०२१ देखि नै कोभिशिल्डको उत्पादन बन्द छ

एक हप्तामा २८ जनामा कोरोना सङ्क्रमण

सुदूरपश्चिममा एकै दिन सात जनामा कोरोना पुष्टि

प्रतिक्रिया