आजदेखि काठमाडौंमा कुहिने र नकुहिने फोहोर स्रोतमै छुट्याउनुपर्ने, नछुट्याए जरिवाना

काठमाडौं - काठमाडौं महानगरमा आजदेखि फोहोर वर्गीकरण गरेर मात्र संकलन गरिने भएको छ । काठमाडौं महानगरपालिकाका अनुसार आइतबार र बुधबार कुहिने तथा सोमबार र शुक्रबार नकुहिने फोहोर उठाइने छ ।
सूचनामार्फत महानगरले सम्भव भएसम्म जैविक फोहोरबाट गड्यौले वा कम्पोष्ट मल बनाएर कौसी तरकारी वा करेसाबारीमा प्रयोग गर्न अनुरोध गरेको छ । नकुहिने तर पुनः प्रयोगमा आउन सक्ने फोहोरलाई पुनः प्रयोग गर्न गर्न पुन चक्रिय फोहोर संकलकलाई बेचेर आयआर्जन गर्न भनिएको छ ।
यस्तै ,प्लाष्टिकका झोलाको सट्टा कागज वा कपडाका झोलाको प्रयोगमा जोड दिन आग्रह गरिएको छ ।
फोहोरलाई स्रोतमा नछुट्याउने उत्सर्जकलाई प्रत्येक पटक ५ सय रुपैयाँ जरिवाना गरिनेछ । २०६८ सालमा सरकारले जारी गरेको फोहोरमैला व्यवस्थापन ऐन र २०७७ सालमा काठमाडौँ महानगरले जारी गरेको वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐनबमोजिम जरिवाना तिराइने महानगरको वातावरण विभागको भनाइ छ ।

सेफ्टीट्याङ्कीमा खसेर बालिकाको मृत्यु

बाँदरले दुःख दिएपछि बेसार खेतीतिर किसान

पशुमा पनि बाँझोपनको समस्या बढ्यो
भक्तपुर पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

प्रदेश सरकारद्वारा विद्यालयलाई बस प्रदान

मल्लकालीन बस्तीका स्ववासीलाई सयौँ वर्षपछि लालपुर्जा वितरण

भक्तपुर–नगरकोट सडकखण्डको १५ किलोमिटर सडक कालोपत्र अन्तिम चरणमा

प्रतिक्रिया