बाबुरामको संघीय परिषद् अध्यक्ष पद जाने, सांसद पद के हुन्छ ?
काठमाडौँ- जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईको सांसद पद नजाने भएको छ । गत शुक्रबार वीरगञ्जमा बसेको उपेन्द्र यादव पक्षधरको बैठकले पार्टीका सम्पूर्ण जिम्मवारीबाट पदमुक्त गरे पनि भट्टराईलगायतको सांसद पद भने जोगिने भएको हो ।
‘बाबुरामजीलाई पार्टीको जिम्मेवारीबाट मुक्त गरिए पनि सांसद पदबाट भने मुक्त गरिएको छैन्, अहिले त्यो दिशामा पार्टी जाँदैन्,’ अध्यक्ष यादवले भने, ‘आत्माआलोचना गरेर फर्केमा उहाँ लगायतलाई पार्टीको जिम्मेवारीमा पुर्नस्थापित गरिनेछ ।’ उनका अनुसार काठमाडौँको जडिबुटीमा भएको भेलालाई भने पार्टीले मान्यता दिनेछैन ।
काठमाडौँमा अलग्गै केन्द्रीय समिति बैठक बोलाएको भन्दै वीरगञ्जमा बसेको केन्द्रीय समिति बैठकले भट्टराई, महेन्द्रराय यादव, हिसिला यमी, दानबहादुर चौधरी, डम्बरबहादुर खतिवडा, गंगानारायण श्रेष्ठ, प्रशान्तसिंहलाई पार्टीको सम्पूर्ण जिम्मेवारीबाट मुक्त गरेको थियो ।
तर, यादव पक्षले पार्टीको जिम्मेवारीबाट मुक्त गरेपछि भट्टराईले भने पार्टी पुर्नगठनको दिशामा जाने सार्वजनिक गरिसकेका छन् । यता, भट्टराई पक्षलाई पार्टीको सम्पूर्ण जिम्मेवारीबाट मुक्त गरेको बिषय जानकारी गराउनका लागि यादव पक्षधर आजै निर्वाचन आयोग जाने तयारी छ ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया