बक्याैता भुक्तानीका लागि कानुन निर्माण गर्न मधेश सरकारलाई निर्देशन

जनकपुरधाम । गत आर्थिक वर्ष २०७८/७९ काे बक्याैता रकम भुक्तानीका लागि कानुन बनाएर प्रक्रिया अघि बढाउन मधेश प्रदेश सरकारलाई प्रदेश सभाले निर्देशन दिएकाे छ । प्रदेश सभाको शनिबार बसेको बैठकमा सत्तारुढ जनता समाजवादी पार्टी(जसपा)का प्रमुख सचेतक शैलेन्द्र यादवले दर्ता गराएका जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथि छलफलपछि सभामुख सराेजकुमार यादवले यस्ताे निर्देशन दिएका हुन् ।
सरकारकै सहमतिमा प्रस्तुत गरिएका साे प्रस्तावमाथि छलफलमा भाग लिएका सभासदहरुले बक्यौता धेरै रहेकाले भुक्तानीका लागि तत्काल व्यवस्था मिलाउन जोड दिएका थिए । बैठकमा अर्थ मन्त्री शैलेन्द्र साहले बक्यौता रकम भुक्तानीमा संघीय सरकारको गलत नीति र कर्मचारीकाे लापरवाही प्रमुख कारण रहेको बताए । महालेखाले अचानक सूचना जारी गरी भुक्तानीको प्रक्रिया रोकेकाे, सर्भर डाउन र केही कर्मचारीकाे लापरवाहीका कारण भुक्तानी हुन नसकेकाे उनकाे भनाइ छ ।
अर्थमन्त्रीको जवाफपछि सभामुख यादवले प्रदेश सभाले सोझै भुक्तानी सम्बन्धी निर्णय गर्न सक्ने निकाय नभएकाले सरकारले पहिले कानून बनाएर प्रक्रियालाई अगाडि बढाउन निर्देशन दिए । भुक्तानीका लागि रीतपूर्वकको कागजात समयमै आएपनि भुक्तानी नगरेका कर्मचारीहरुलाई कारवाही गर्न सभामुख यादवले निर्देशन दिए ।
कारवाहीको सूचीमा पहिलो नम्बरमा भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका सचिव नम्रता सिंहलाई राखिएको छ । उनीमाथि असारको २२ गते भारतको भ्रमणमा गएको कारण समयमै भुक्तानी हुन नसकेको आरोप छ । सो मन्त्रालयले करिब २० करोड भुक्तानी गर्न बाँकी रहेको बताइएको छ । सभामुख यादवले भुक्तानी दिन बाँकी रहेको रकम, योजना र त्यसको अवस्थाबारे यकिन गर्न पनि सरकारलाई निर्देशन दिएको छ ।
झण्डै २ अर्ब भुक्तानी गर्न बाँकी रहेको बताइए पनि बक्यौता रकमको यकिन भइसकेको छैन। यो तीनवटा प्रक्रिया पूरा गरेपछि मात्र भुक्तानीको बाटो खुल्ने सम्भावना बन्न सक्ने देखिएकाे छ । मधेश प्रदेशमा वर्षकाे अन्त्यमा भुक्तानी बक्याैताकाे दाेस्राे घटना हाे । यसअघि आ.व. ०७५/७६ मा पनि १ कराेड १५ लाख रूपैया भुक्तानी गर्न सकिएकाे थिएन । अथक प्रयासपछि दुई वर्ष पश्चात् विनियाेजन विधेयकमा अन्तिम पटकका लागि भनी व्यवस्था गरि संसदीय छानविनकाे प्रतिवेदनकाे आधारमा ८७ कराेड भुक्तानी गरिएकाे थियाे ।

गौशाला नगरपालिकाका ३१ जना प्रधानाध्यापकको राजिनामा

मधेस प्रदेश प्रमुखद्वारा दुई विधेयक प्रमाणीकरण

वारुणयन्त्रबाट वीरगञ्जमा खानेपानी आपूर्ति

रौतहटमा ‘ड्रोन’बाट वनक्षेत्रको निगरानी

शिकारीबास खोलाको कटान रोक्न तटबन्ध निर्माण गरिँदै

पर्साको तिलाबे नदीमा बेलिब्रिज जडान भएन

वडा र स्वास्थ्य चौकी भवन निर्माण

प्रतिक्रिया