‘कबड्डी ४’ : कमाइमा रेकर्ड, प्रदर्शनमा पनि रेकर्ड

काठमाडौँ - हलमा ऐतिहासिक संख्यामा दर्शक बटुलेको ‘कबड्डी ४’ले हलमा प्रदर्शनको पनि रेकर्ड राखेको छ । फिल्मले ५१ दिन चल्ने दुर्लभ रेकर्ड पनि राखेको छ । महामारीअघि ‘छक्का पञ्जा’का सिरिजले ५१ दिन चल्ने रेकर्ड कायम गरेका थिए । तर महामारीपछि ५१ दिन चल्ने कीर्तिमान ‘कबड्डी ४’ले राखेको हो ।
फिल्म अहिले पनि काठमाडौँका मल्टिप्लेक्समा चलिरहेको छ ।
फिल्मले बक्स अफिसमा पनि नयाँ कीर्तिमान कायम गरेको छ । वितरकहरूले अनौपचारिक रुपमा उपलब्ध गराएको तथ्यांकअनुसार फिल्मले २३ करोड हाराहारी ग्रस गरेको छ ।
‘कबड्डी ४’ले डायस्पोराका बजारमा पनि अभूतपूर्व कमाइ गरेको आँकडा छन् । फिल्मले अष्ट्रेलियाबाट मात्र ५ करोड हाराहारी व्यापार गरेको र जापानमा पनि १ करोड हाराहारीको व्यापार गरेको बताइएको छ । तर निर्माताले डायस्पोरामा फिल्म ‘फिक्स’मा बेच्ने हुनाले यो अंक निर्माताको भागमा भने पर्दैन ।
तर ‘कबड्डी ४’ले महामारीका कारण मृतप्रायः रहेको डायस्पोराको बजारलाई जीवित तुल्याएको छ । यही कारण रिलिजको संघारमा रहेका फिल्मले डायस्पोरामा धेरथोर क्रेता भेटेका छन् । फिल्मले भारतको बजारबाट पनि ४ करोड हाराहारी व्यापार गरेको अनुमान छ ।

‘जन्ते बाख्रो’को अग्रीम टिकट बुकिङ खुला, कति पायो शो ?

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

प्रतिक्रिया