कांग्रेस पदाधिकारी बैठक बस्दै
काठमाडौँ- नेपाली कांग्रेसको पदाधिकारी बैठक आइतबार अपरान्ह ३ बजे बस्ने भएको छ । बैठक पार्टी कार्यालय सानेपामा बस्ने भएको छ ।
केन्द्रीय सदस्य तथा पदाधिकारीहरूले बोल्ने क्रम सकिएपछि पुनः पदाधिकारीको मात्रै बैठक बस्न लागेको हो ।
केन्द्रीय कार्यालय सानेपामा बस्ने पदाधिकारी बैठकले सोमबार बस्ने केन्द्रीय समिति बैठकमा निर्णय सुनाउने तथा आवाश्यक निर्णयका बारेमा गृहकार्य गर्ने बुझिएको छ । शनिबार नै केन्द्रीय समितिको बैठक सक्ने तयारी भए पनि नेताहरूले बोल्ने पालो नसकिएकाले लम्बिएको हो ।
यसपटकको कांग्रेस बैठकमा संस्थापन र इतर पक्षका नेताहरूबीच आरोप-प्रत्यारोप सुरु भएको छ । खासगरी महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मामाथि देउवा निकट नेताहरू बढी नै आक्रमक देखिएका छन् । प्रत्युत्तरमा थापा र शर्माले पनि देउवाले कार्यशैली नसुधारे चुप नबस्ने चेतावनी दिएका छन् ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया