आमिरको ‘लालसिंह चढ्ढा’ विदेशमा प्यारामाउन्टले वितरण गर्ने

मुम्बई- आमिर खान निर्मित तथा अभीनित ‘लाल सिंह चढ्ढा’लाई विदेशमा हलिउड वितरण कम्पनी प्यारामाउन्टले वितरण गर्ने भएको छ । यो त्यही कम्पनी हो जसले ‘फरेस्ट गम्प’ निर्माण गरेको थियो । टम ह्याङ्क्स अभीनित यही फिल्मलाई आमिर खानले रिमेक गरेका हुन् ।
यो फिल्म अगस्ट ११ मा रिलिज हुँदैछ । प्यारामाउन्टका वितरण विभागका कार्यकारी निर्देशक मार्क विन्स्टकले खबर पुष्टि गर्दै भारती चरित्र र संस्कृति दुनियाँका दर्शक सामु प्रस्तुत गर्न आफूहरू उत्साहित रहेको बताएका छन् । उनले ‘फरेस्ट गम्प’को भारतीय भर्सन दर्शकले पहिलेझैँ रुचाउने विश्वास व्यक्त गरेका छन् ।
आमिर खानले मुख्य भूमिका निर्वाह गरेको फिल्ममा करिना कपुर, नागा चैतन्य आदि कलाकारको अभिनय रहेको छ । फिल्मको केही दिनअघि मात्र चेन्नईमा ट्रायल सो भएको छ । फिल्म हेरिसकेपछि तेलगु फिल्मका सुपरस्टार चिरञ्जीवीले यो फिल्मको तेलगु भर्सन वितरण गर्ने सम्झौता गरेका छन् । कलाकार अतुल कुलकर्णीले लेखेको फिल्मलाई अद्धैत चन्दनले निर्देशन गरेका हुन् ।

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

सेन्सरमा रोकियो फिल्म ‘राजागंज’

प्रतिक्रिया