नुवाकोटमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

नुवाकोट- नुवाकोटको लिखु गाउँपालिका छहरेमा गएराती मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मोटरसाइकलमा पछाडी सवार व्यक्ति भने घाइते भएका छन् ।
मृत्यु हुनेमा स्थानिय अन्दाजी २७ बर्षीय करण केसी रहेका छन् । उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा घाइते भएका मोटरसाइकलमा पछाडी सवार सोही स्थानका २७ बर्षका अनिस श्रेष्ठलाई उपचारको लागी काठमाडौंस्थित ग्राण्डी अस्पताल टोखा पठाइएको छ ।
काठमाडौंबाट छहरे तर्फ जादै गरेको ना ६२ प ९५२१ नम्बरको मोटरसाइकल गएराती पौने १ बजे अनियन्त्रीत भइ सडक छेउमा रहेको बिजुलीको पोलमा ठोकिएको थियो ।

सेफ्टीट्याङ्कीमा खसेर बालिकाको मृत्यु

बाँदरले दुःख दिएपछि बेसार खेतीतिर किसान

पशुमा पनि बाँझोपनको समस्या बढ्यो
भक्तपुर पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

प्रदेश सरकारद्वारा विद्यालयलाई बस प्रदान

मल्लकालीन बस्तीका स्ववासीलाई सयौँ वर्षपछि लालपुर्जा वितरण

भक्तपुर–नगरकोट सडकखण्डको १५ किलोमिटर सडक कालोपत्र अन्तिम चरणमा

प्रतिक्रिया