हैजाबाट नाइजेरियामा ५० को मृत्यु

अबुजा : हैजाका कारण नाइजेरियामा यसवर्ष अहिलेसम्म कम्तीमा ५० जनाको मृत्यु भएको छ । स्थानीय स्वास्थ्य अधिकारीहरूले मङ्गलबार दिएको जानकारीअनुसार देशका आठ प्रदेशमा फैलिएको हैजाका कारण उनीहरूको मृत्यु भएको हो ।
रोग नियन्त्रण केन्द्रले हैजा तथा झाडापखाला जस्तो लक्षण भएका रोगहरूबाट उनीहरूको मृत्यु भएको जनाएको छ । यही मार्च २८ सम्मको विवरणअनुसार हैजाबाट एक हजार ७४६ जना बिरामी भएकोमा उनीहरूमध्ये ५० भन्दा बढीको मृत्यु भएको पाइएको छ, केन्द्रका प्रमुख चिक्वे आइहेक्वेजुले भने ।
अबुजामा आयोजित पत्रकार सम्मेलनमा उनले हैजाको महामारी डरलाग्दो र चिन्ताजनक भएकाले सबैले उच्च सतर्कता अपनाउनु पर्नेमा जोड दिए । देशको नासारावा, सोकोटो, कोगी, बायेल्सा, गोम्बे, जाम्फारा, डेल्टा र बेन्युमा हैजाको महामारी फैलिएको उनले जानकारी दिए । (रासस)

इरान र अमेरिका बिच बार्ता सकारात्मकतर्फ, अप्रिल २६ मा फेरी हुनेछ ओमानमा बार्ता

कंगोमा डुंगामा आगलागी हुदाँ मृत्यु हुनेको संख्या १४८ नाघ्यो

गाजामा इजरायली हमलाको ४८ घण्टा : ९० जना बढीको मृत्यु
_pjm03x6aPm_bwqm9nghrzyn1ey4txktpedmqln52zsnczuu1b6uzquxvnrwocznchlljdi2_6PqttWXwFX_b1utr7hqiby80nkyv0dgm3mv0spt1qihzmlelscskwx4g3t1f6evkz8qvtnv_qBNVJIPrhu_l3utme1hsqfkyorlahbkx4jqm75swnsk9zbugbrpmvb7mnknoizrcevru7s9.jpg)
ईस्टर पर्वको पूर्वसन्ध्यामा श्रीलङ्काको चर्चमा गोली प्रहार

अमेरिकाले सिरियाबाट एक हजार सैनिक फिर्ता गर्ने

कंगोमा डुङ्गामा आगलागी हुँदा १४३ जनाको मृत्यु

‘फोटो अफ द इयर’ पुरस्कार पाउने समर, जसले फोटोग्राफीको तालिमसम्म लिएकी छैनन्

प्रतिक्रिया