सिल्टेसन डयाम बनाउँदा पोखरा महानगरले ध्यान पुर्याएन

पोखरा- फेवातालको जलाधार क्षेत्रबाट बर्सेनि ढुंगा र माटोसहितको लेदो बगेर तालमा मिसिँदा तालको आकार साँघुरो बन्दै गएको छ । २०१८ सालमा १० वर्ग किलोमिटरमा फैलिएको फेवाताल २०६४ सालमा आइपुग्दा ४ दशमलव २० वर्ग किलोमिटरमा खुम्चिएको तथ्यांक छ । सोही कारण पनि प्रदेश सरकार र पोखरा महानगरपालिकाको संयुक्त लगानीमा फेवाताल संरक्षणको लागि हर्पन खोला, अँधेरी खोला, लौरुकखोला र वेतेइनीखोलामा ड्याम बनाइएको थियो । तर ड्याम निर्माणको २ महिना नबित्दै भत्किन थालेपछि सरोकारवाला निकायले निर्माण गुणस्तरको विरोध गरे ।
हर्पन खोलामा निर्मित ‘सिल्टेसन ड्याम’ पनि खड्का कृष्ण/पि.के जेभी दाङले निर्माण गरेको हो । यसको लागत ७ करोड ८८ लाख रुपैयाँ छ । अँधेरी खोलामा निर्मित ‘सिल्टेसन ड्याम’ पनि खड्का कृष्ण/पि.के जेभी दाङले नै निर्माण गरेको हो । यसको लागत ९ करोड ६ लाख छ । पोखरा २४ स्थित वेतेइनीखोलामा निर्माण गरिएको ‘सिल्टेसन ड्याम’ श्री गीता/जयनेपाल ईश्वर जेभी, स्याङ्जाले निर्माण गरेको हो । यसको लागत ५ करोड ४६ लाख रुपैयाँ छ ।
यसैगरी पोखरा २४ लौरुकखोलामा निर्मित ‘सिल्टेसन ड्याम’ खड्का कृष्ण/पि.के जेभी दाङले नै निर्माण गरेको थियो । यसको लागत ५ करोड ७४ लाख छ ।
फेवातालको सबैभन्दा माथिल्लो सिरान क्षेत्रमा सिल्ट पोखरी र ड्याम निर्माण भएसँगै फेवाताल पुरिनबाट जोगिने विश्वास गरिएको थियो । तर बाढी र पहिरोको चपेटामा परेको ड्याम बाढीले बगायो ।
हस्तान्तरण नहुँदै २०७७ साल साउन १५ गते आएको बाढीले अँधेरी खोलाको ड्याम २० मिटर जति बगायो । यस्तै हस्तान्तरण भएको २ महिना नबित्दै गत वर्षको असार २४ गतको बाढीले हर्पन खोलाको करिब १० मिटर ड्याम खोलामा मिसियो । फेवाताल जोगाउन बनाएको बाँधकै कारण ताल मुहानका स्थानीय र फेवाताल जोखिममा पर्ने स्थानीयले आंकलन गर्न थालेका थिए ।
स्थानीय र सरोकारवालाहरूले निर्माणको गुणस्तरीयतामा प्रश्न उठाइरहेको समयमा महालेखा परीक्षकको २०७९ को प्रतिवेदनले पनि फेवा मुहान बनाइएका सिल्टेसन ड्याम कमसल भएको ठहर गरेको छ । महालेखा परीक्षकको ५९ औं वार्षिक प्रतिवेदनले फेवा मुहानमा बनाइएका ड्याम प्राकृतिक विपत्तिका कारणले नभइ कमसल निर्माणले भत्किएको निष्कर्ष निकालेको हो ।
महालेखाको प्रतिवेदनले ड्याम निर्माण गर्दा गुणस्तर निर्माणमा ध्यान नदिएको उल्लेख छ । २८ करोड १९ लाख ८६ हजार रुपैयाँ लागतमा बनेको ड्याम मध्ये अँधेरी र हर्पन खोलको ड्यामको स्थलगत अध्यन गरेको थियो । प्रतिवेदन अनुसार अँधेरी खोलको ड्याम मर्मत गर्न ६९ लाख ८२ हजार र हर्पनको मर्मत गर्न ४९ लाख ८९ हजार लाग्ने देखिएको छ ।
महालेखाको २०७९ को प्रतिवेदनले पनि ड्याम निर्माणको क्रममा गुणस्तरीय काम गर्नुपर्नेमा महानगरले ध्यान नदिएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

चन्दा सङ्कलन गरी २७ किलोमिटर पदमार्ग निर्माण

९ किलोमिटर सडक कालोपत्र

नौ सय घरमा खानेपानी सुविधा
रसुवामा बेपत्ता भएका गोरखाका दुई जनाको सनाखत गर्न आएनन् आफन्त

सरकारले गर्यो म्याग्दीको संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय खार…
_LbyzHsdAc4_s91sgi0aoyemfehb80g6w4nzojr37cmyd9vhrwgn9xx9wbpm5m5rwwobg2cv_4zQFzr58WL_1tebxhjwlxfo50nsnyh2ml1p57nspqnkvejvyybdvxievjdl9sr5uzms0i67.jpg)
म्याद थप्दासमेत सम्पन्न भएन प्रशासकीय भवन

प्रतिक्रिया