सोमबार २३ असार, २०८२
Monday, July 07, 2025

यस्ता छन् मन्त्रिपरिषद्का १७ निणर्यहरु

फाइल फोटो

काठमाडौँ - सरकारले विभिन्न १० वस्तुको पैठारीमा लगाइएको बन्देजलाई भदौं १४ गते सम्म निरन्तरता दिने भएको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयबारे आज जानकारी दिँदै सरकारका प्रवक्ता समेत रहेका सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले १० वस्तुको पैठारीमा लगाइएको रोक लम्ब्याएको बताए । 


यस्ता छन्, मन्त्रिपरिषद्का निणर्यहरुः
- राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक कुलदेव थापालाई अतिरिक्त मुख्य अनुसन्धान निर्देशक पदमा बढुवा गर्ने  माथिल्लो कर्णाली जलविद्युतको वित्तिय व्यवस्थापनको म्याद मन्त्रिपरिषद् निणर्य भएको मितिले २ वर्ष थप गर्ने

- पेट्रोलियम पदार्थमा करवापत  मूल्य समायोजन भएको रकमा ५९ करोड ८६ लाख ८० हजार रुपैयाँ अनुदान स्वरुप उद्योग वाणिज्य तथा आपूर्ती मन्त्रालय मार्फत नेपाल आयल निगमलाई उपलव्ध गराउने 

- पेट्रोलियम पदार्थको मूल्य समायोजन भएको कारण नेपाल आयल निगमले इण्डियन आयल कर्पोरेसनलाई भुक्तानी दिन रकम अपुग भएकाले नेपाल सरकार अर्थमन्त्राले आयल निगमलाई सात अर्व रुपैयाँ ऋण लगानी गर्ने 

- विभिन्न १० वस्तुको पैठारीमा लगाइएको बन्देजलाई भदौँ १४ गते सम्म निरन्तरता दिने 

- वेपत्ता पारिएको व्यक्तिहरुको छानविन सत्यनिरुपण तथा मेलमिलाप आयोग ऐन २०७१ लाई संसोधन गर्न बनेको विधेयक संघीय संसद्मा पेश गर्न स्वीकृत दिने 

- वर्डफ्लुय नियन्त्रणका क्रममा नष्ट गरिएको बस्तुको राहत प्रदान गर्ने र सो रोग नियन्त्रणमा खटाइएका लागि प्रोत्साहन गर्न मापदण्ड स्वीकृत गर्ने 

- मेलम्ची खानेपानी आयोजनाको सुरुङ परिक्षण गर्ने क्रममा दुर्घटनामा परि दिवंगत भएका इञ्जिनियर सतिस कुमार गोइत र सवारी चालक राधाकृष्ण थापा मगरको  परिवारलाई क्षतिपूर्ती स्वरुप ५/५ लाख दरले आर्थिक सहयोग उपलव्ध गराउने 

-जुरे पहिरोपीडित समुदायका लागि जनस्तरबाट संकलित रकम फुकुवा गर्न स्वीकृत दिने 

- कसुर जन्य सम्पत्ति तथा साधान रोक्का नियन्त्रण र जफत ऐन २०७० को दफा ३५ अनुसार सर्वोच्च अदालतको फैसलाबाट अन्तिम कसूरदार ठहर भइ भक्तपुर जिल्ला साविक कटुन्जे गाविस वडा नम्बर २ स्थित ४ रोपनी १ आना ३ पैसा ० दाम रोपनी जग्गा कसुर जन्य सम्पत्ति व्यवस्थापन विभागको नाममा दाखिल खारेज गर्ने 

- लुम्बिनी गार्डेन फाउन्डेसनले उपलब्ध गराउन प्रस्ताव गरेको बुद्धको मुर्ति स्वीकार गर्ने 

- नेपाल र इटालीको परराष्ट्र मन्त्रालयबीच दुई पक्षीय परामर्श संयन्त्र स्थापना गर्ने सम्बन्धी समझदारी पत्रमा नेपाल सरकारको तर्फबाट समकक्षी मिलाई परराष्ट्र मन्त्रालयलाई हस्ताक्षर गर्न स्वीकृत दिने 

- नेपाल र अरब गणतन्त्र इजिप्टबिच जुलाई १६ २००७ मा सम्पन्न भएको एग्रिमेन्ट अफ इकोनोमिकल टेक्निकल अन कोअपरेसन लागू गर्नका लागि नेपालको तर्फबाट अनुमोदन प्रकृया पूरा भएको जानकारी इजिप्ट सरकारलाई लेखी पठाउन परराष्ट्र मन्त्रालायलाई स्वीकृत दिने 

- श्रीनम २७ वाहिनी अड्डाका लागि आवश्यक जग्गा प्रचलित कानुन बमोजिम मुआब्जा दिने गरी प्राप्त गर्न नेपाली सेनालाई स्वीकृत दिने 

- प्रधानसेनापती महारथी प्रभुराम शर्मालाई साउन ९ देखि ११ गतेसम्म अष्ट्रेलियाको सिड्नीमा हुने एनुएल चिफ अफ डिफेन्स कन्फ्रेन्समा २०२२ मा भाग लिन स्वीकृत दिने 

- राष्ट्रिय सूचना प्रविधिको कार्यकारी पदमा प्रदीप शर्मा पौडेल पर्वतलाई नियुक्त गर्ने 

- नेपालले हुलाक बस्तुको अन्तर्राष्ट्रिय डाक डुवानीकालागि विश्व हुलाक संघ यूपीयूले निर्धारण गरेको दरमा नबढ्ने गरी आवश्यकताअनुसार एक वा एकभन्दा बढी हवाई सेवा कम्पनीसँग सम्झौता गरि अन्तर्राष्ट्रिय डाक ढुवानीको व्यवस्थापन गर्न हुलाक सेवा विभागका महानिर्देशकलाई अख्तियारी दिने

वरिष्ठ अधिवक्ता नेपाल न्याय परिषद् सदस्यमा नियुक्त

वरिष्ठ अधिवक्ता नेपाल न्याय परिषद् सदस्यमा नियुक्त

नेपालमा धेरैभन्दा धेरै विदेशी पर्यटक ल्याउन प्रभावकारी प्रचारप्रसार गर्न प्रधानमन्त्री ओलीको आग्रह

नेपालमा धेरैभन्दा धेरै विदेशी पर्यटक ल्याउन प्रभावकारी प्रचारप्रसार गर्न प्रधानम…

हारमा जितको सुगन्ध : प्रधानमन्त्री ओली

हारमा जितको सुगन्ध : प्रधानमन्त्री ओली

सामाजिक न्याय र समृद्धिको जनआकांक्षालाई पूरा गर्नु साझा दायित्त्व होः राष्ट्रपति पौडेल

सामाजिक न्याय र समृद्धिको जनआकांक्षालाई पूरा गर्नु साझा दायित्त्व होः राष्ट्रपति…

प्रधानमन्त्री ओलीले संसदमा भने: मेराे स्पेन भ्रमणले मुलुकको शिर उचोँ भएको छ

प्रधानमन्त्री ओलीले संसदमा भने: मेराे स्पेन भ्रमणले मुलुकको शिर उचोँ भएको छ

स्पेन भ्रमणबाट विकास साझेदारीका प्राथमिकता मुखरित भएको छः प्रधानमन्त्री ओली

स्पेन भ्रमणबाट विकास साझेदारीका प्राथमिकता मुखरित भएको छः प्रधानमन्त्री ओली

दोधारा–चाँदनी सुक्खा बन्दरगाहको काम छिट्टै सुरु हुँदैछ : गृहमन्त्री लेखक

दोधारा–चाँदनी सुक्खा बन्दरगाहको काम छिट्टै सुरु हुँदैछ : गृहमन्त्री लेखक

टिआइएलाई व्यवस्थित र प्रभावकारी बनाउन लागिपरेका छौँः पर्यटनमन्त्री पाण्डे

टिआइएलाई व्यवस्थित र प्रभावकारी बनाउन लागिपरेका छौँः पर्यटनमन्त्री पाण्डे