माथिल्लो कर्णालीको म्याद थप
जीएमआरले बजार नपाउँदा आयोजना अन्यौलमै
काठमाडौं - सरकारले लगानी बोर्डको सिफारिसमा माथिल्लो कर्णाली (९०० मेगावाट) को वित्तीय व्यवस्थापनसम्बन्धी म्याद पुनः अर्काे २ वर्ष थप गर्ने निर्णय गरेको छ ।
गत शुक्रबार (असार ३१ गते) बसेको मन्त्रिपरिषद् बैठकले माथिल्लो कर्णालीको म्याद थप गरिएको जानकारी सरकारका प्रवक्ता तथा सञ्चार मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । मन्त्रिपरिषद्ले गरेको निर्णय जानकारी दिन आज सञ्चार मन्त्रालयले आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री कार्कीले लगानी बोर्डको सिफारिसमा मन्त्रिपरिषद्ले म्याद थप गरेको बताए ।
यसअघि माथिल्लो कर्णालीको वित्तीय व्यवस्थापनका लागि म्याद थप गर्ने सम्बन्धमा योजना आयोगका उपाध्यक्षको संयोजकत्वमा समिति गठन भएको थियो । उक्त समितिले लगानी बोर्डलाई प्रतिवेदन बुझाएको थियो । प्रतिवेदनको सुझावका आधारमा लगानी बोर्डले म्याद थप गर्ने निर्णयका लागि मन्त्रिपरिषद्मा सिफारिस गरेको थियो ।
१५ वर्षअघि नेपाल सरकारसँग प्रतिस्पर्धा गरी हात पारेको माथिल्लो कर्णालीको प्रवद्र्धक भारतीय कम्पनी जीएमआरले चौथोपटक पनि म्याद थप गराउन सफल भएको हो । २०७६ को पुसमा जीमआर र बंगलादेशको पावर डेभलपमेन्ट बोर्डबीच बिजुली खरिदसम्बन्धी समझदारी भएको थियो । प्रतियनिट ७.७१ अमेरिकी सेन्ट्स (२०७६ सालको मूल्यमा प्रतियुनिट ८ रुपैयाँ) मा खरिद गर्ने समझदारी पत्रमा हस्ताक्षर भएको थियो । तर अन्तिम स्वीकृति भने पाइ नसकेकाले माथिल्लो कर्णालीको लगानीसम्बन्धी वित्तीय व्यवस्थापन हुन नसकेको हो ।
आफै ऊर्जा संकट झेलिरहेको आफ्नै देशको निजी क्षेत्रले प्रवद्र्धन गरेको बिजुली खरिद गर्न नमानेपछि जीएमआर बंगलादेश पुगेको हो । सन् २०१४ मा जीएमआर र लगानी बोर्डबीच आयोजना विकास सम्झौता (पीडीए) भएको थियोे । पीडीएयता तीनपटक म्याद थप भइसकेको छ ।
नेपालमा जनआन्दोलन २०६२/६३ लगत्तै गठित संयुक्त सरकारले जीएमआरलाई २०६४ सालमा माथिल्लो कर्णाली (तत्कालीन जडित क्षमता ३०० मेगावाट) आयोजना प्रतिस्पर्धामार्पmत दिएको थियो । यसबापत नेपाल विद्युत् प्राधिकरणले २७ प्रतिशत निःशुल्क शेयर र १२ प्रतिशत सिंत्तैमा ऊर्जा पाउने शर्त थियो ।
जीएमआरले तीन सय मेगावाटको माथिल्लो कर्णालीलाई ९०० मेगावाट बनाएको छ । यसमध्ये उसले ५०० मेगावाट बिजुली बंगलादेशलाई, एक सय आठ मेगावाट नेपाल र बाँकी भारतलाई आपूर्ति गर्ने भन्दै आएको छ ।

लमजुङमा १७ आयोजनाबाट विद्युत् उत्पादन

प्रसारण लाइन निर्माणमा प्राविधिक त्रुटि ?

माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना निर्माणको अन्तिम चरणमा

भारतबाट विद्युत् आयातको समय थप चार घण्टा बढाइयो

राहुघाट जलविद्युत् आयोजना सकियो, परीक्षण उत्पादन हुँदै

विद्युतीय दुर्घटनाबाट मृत्यु हुनेका परिवारलाई १० लाखसम्म राहत दिइने

बौदीकालीमा बल्ल पुग्यो बिजुली

प्रतिक्रिया