लुम्बिनीमा टिकटदेखि अस्पतालको बेडसम्म नि:शुल्क

बुटवल- लुम्बिनी प्रदेशका दुईवटा प्रादेशिक अस्पतालमा बहिरंग (ओपिडी) र इमर्जेन्सी टिकट तथा जनरल बेड (शैया) निःशुल्क भएको छ । प्रदेश सरकार मातहतमा रहेका बुटवलको लुम्बिनी प्रादेशिक अस्पताल र दाङको राप्ती प्रादेशिक अस्पतालमा टिकट र जनरल बेड निःशुल्क भएको हो ।
आइतबार बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालमा मुख्यमन्त्री कुलप्रसाद केसीले बिरामी बेनिमाया थापालाई निःशुल्क टिकट हस्तान्तरण गर्दै सेवा शुभारम्भ गरे । लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष २०७९/८० को बजेटमा लुम्बिनी र राप्ती प्रादेशिक अस्पतालमा उपचारका लागि आउने बिरामीहरुलाई ओपिडी र इमर्जेन्सीको टिकट तथा जनरल बेडमा शुल्क नलिने घोषणा गरेको थियो ।
मुख्यमन्त्री केसीले टिकट र जनरल बेड नि:शुल्क गर्न चालु आर्थिक वर्षमा एक करोड ५० लाख रुपैयाँ विनियोजन गरेको बताए । उनले प्रादेशिक अस्पताललाई विशेषज्ञ अस्पतालको रुपमा विकास गर्न लागिएको पनि जानकारी दिए । छिट्टै १२ सय शैयाको १० तले भवन निर्माणको प्रक्रिया सुरु हुने र अस्पतालको आयस्रोतका लागि इलाका वन कार्यालयको जग्गा अस्पतालको स्वामित्वमा ल्याएर व्यवसायिक सटर र चिकित्सकका लागि आवास भवन बनाउने योजना रहेको पनि मुख्यमन्त्री केसीले बताए ।
अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. इन्द्र ढकालले अस्पतालले सेवा विस्तार र गुणस्तरमा सुधार गरेका कारण बिरामीको चाप निरन्तर बढ्दै गएको बताए । अस्पतालमा एक महिनामा ३० हजार बिरामीले उपचार सेवा लिने गरेको बताए । लुम्बिनी प्रादेशिक अस्पतालमा आइतबारदेखि नै निःशुल्क रगत सेवा पनि सुरु भएको छ ।
लुम्बिनीमा पहिलो पटक लुम्बिनी प्रादेशिक अस्पतालले रक्तसञ्चार केन्द्रसँग सम्झौता गरेर रगत नि:शुल्क गरेको मेडिकल सुपरिटेण्डेण्ट डा. ढकालले जानकारी दिए । प्रदेशका सबै सरकारी अस्पतालमा निःशुल्क रगत उपलब्ध गराउन सरकारले ३ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

नदीमा डुबेर बेपत्ता दुई जनाकोे शव फेला

नेपालमा उत्पादित स्टिलजन्य उत्पादन भारत निर्यातमा रोक

दाङमा छुट्टाछुट्टै घटनामा चार जनाको मृत्यु

ऋण खोजेर थेरापी सेन्टरका कर्मचारीलाई तलब

ट्राफिक प्रहरीद्वारा तीन करोड राजस्व संकलन
_tWz1QGOaWs_fucyit9ouu2bowec4iawwnfi7eqzo6fvyzubfpbxaiztnfrsyuviykc07tnh_1ZjrSYUDmO_3nobrg1tpakpnlysdaeyuugt6cbvv5poizu8fhtm6mcrdefhfugl6qkxewmr.jpg)
होमस्टेलाई प्रोत्साहन गर्दै स्थानीय सरकार

तीन लाख घुससहित वडाध्यक्ष पक्राउ

प्रतिक्रिया