मनाङमा पहिलो पटक ३३/११ केभीको सबस्टेसन सञ्चालनमा

लमजुङ- मनाङमा ३३/११ केभीको सबस्टेसन सञ्चालनमा आएको छ । ३३/११ केभीको स्यार्कु सबस्टेसन सञ्चालन भएसँगै चामे बजारमा नियमित विद्युत् आपूर्ति हुने केन्द्रका प्रमुख मिलन सुवेदीले बताए ।
लमजुङको मर्स्याङ्दी गाउँपालिका–५, चिप्लेबेँसी सबस्टेसनबाट २९ किलोमिटर टाढा ३३ केभी लाइनमार्फत दुई हजार सात सय मिटर उचाइमा निर्माण गरिएको मनाङको स्यार्कु सबस्टेसन चार्ज गरी सञ्चालनमा ल्याइएको हो ।
गत वर्षको असारमा अविरल वर्षासँगै आएको बाढीले मनाङको विद्युत् संरचनाको पूर्वाधार तथा सडक सञ्जालमा ठूलो क्षति भएको थियो । हिमपातले निर्माण कार्य प्रभावित हुँदै आएको थियो । विद्युत् आपूर्तिमा आएको अवरोधका कारण जिल्लाका सरकारी कार्यालयबाट प्रवाह हुने अत्यावश्यक सेवामा समेत नियमित रूपमा सञ्चालन गर्न असहज भएको थियो । बाढीले क्षति पुर्याउँदा प्राधिकरणको तीन करोडभन्दा बढीको क्षति भएको थियो । क्षतिग्रस्त लाइनको पुनर्निर्माणको काम ०७९ वैशाखभित्रै सम्पन्न भएको केन्द्रका प्रमुख सुवेदीले बताए ।
अहिले चामे क्षेत्रका करिब ९० घरधुरी बिजुलीबाट लाभान्वित भएका छन् । यो सबस्टेसनबाट विद्युतीकरण हुने तिलिचो तालसम्मको र थोरङ बेस क्याम्पसम्म लाइन निर्माणको काम अन्तिम चरणमा पुगेको छ । मनाङमा ०७७ फागुनमा पहिलोपटक ३३ केभीको केन्द्रीय प्रसारण लाइन पुर्याइएको थियो ।

चन्दा सङ्कलन गरी २७ किलोमिटर पदमार्ग निर्माण

९ किलोमिटर सडक कालोपत्र

नौ सय घरमा खानेपानी सुविधा
रसुवामा बेपत्ता भएका गोरखाका दुई जनाको सनाखत गर्न आएनन् आफन्त

सरकारले गर्यो म्याग्दीको संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय खार…
_LbyzHsdAc4_s91sgi0aoyemfehb80g6w4nzojr37cmyd9vhrwgn9xx9wbpm5m5rwwobg2cv_4zQFzr58WL_1tebxhjwlxfo50nsnyh2ml1p57nspqnkvejvyybdvxievjdl9sr5uzms0i67.jpg)
म्याद थप्दासमेत सम्पन्न भएन प्रशासकीय भवन

प्रतिक्रिया