‘रकी’ निर्मातासँग सिल्भस्टर स्टालोनको गुनासो, ‘ केही त मेरा छोराछोरीलाई पनि छाडिदेऊ’

लसएन्जल्स - ‘रकी’ अभिनेता सिल्भस्टर स्टालोनले यो फिल्मका निर्माताले आफूलाई पर्याप्त आर्थिक लाभ नदिएको गुनासो गरेका छन् । सिल्भस्टरले ‘रकी’का सिक्वेल तथा स्पिन अफ फिल्मबाट निर्माता इरविन विन्कलरले एकलौटी फाइदा लिएको गुनासो गरेका हुन् ।
उनले आइतबार इन्स्टामा ९७ वर्षीय निर्माताको चित्र राख्दै असन्तुष्टि व्यक्त गरेका हुन् । ‘ ४७ वर्षसम्म इरविनले रकीको भाग खाए र अहिले क्रिड । बितेर जानुअघि यो फिल्मबाट भइरहेको आम्दानी म मेरा छोराछोरीका लागि छाडेर जान चाहान्छु । मलाई आश, ९३ वर्षीय निर्मातालाई यसका लागि तयार हुनेछन्,’ सिल्भस्टरले लेखेका छन् ।
सिल्भस्टरले पछिल्लो समय आफ्ना हिट फिल्मको स्वामित्व आफूसँग नरहेकोमा गुनासो गर्न थालेका थिए । यसमा ‘रकी’ पनि पर्छ जुन बनाउन सिल्भस्टरको ठूलो मेहनत थियो । तर सन् १९७६ मा रिलिज भएको फिल्मले १० लाख अमेरिकी डलर लगानी गरेर २ करोड २५ लाख अमेरिकी डलर कमाइ गरेको थियो । यसका बावजुद आफूले बराबरी सेयर नपाएको सिल्भस्टरले गुनासो गर्दै आएका छन् ।
सन् २०१९मा सिल्भस्टरको मुखबाट यो कुरा सुनेपछि इरविन चकित परेका थिए । उनले ‘रकी’ र ‘क्रिड’बाट सिल्भस्टरले १० लाख अमेरिकी डलर सेयर लगेको र उनी आफैन् निर्माता पनि रहेको बताएका थिए ।
जबकि सिल्भस्टरले ‘रकी’माथि आफ्नो रत्तिभर पनि स्वामित्व नरहेको भन्दै चित्त दुखाएका थिए । ‘रकीमाथि मेरो केही अधिकार छैन । म मेरा सन्तानका लागि रकीको केही अंश छाड्न चाहान्छु,’ उनले अन्तर्वार्तामा भनेका थिए । सन् १९७६ मा रिलिज भएको फिल्मलाई सिल्भस्टरले आफैँ लेखेका पनि थिए ।
'रकी' नाममै यो फिल्मका ५ सिक्वेल आएका थिए भने यही फिल्मको कथाको वरिपरि अरु फिल्म पनि बनेका थिए ।

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

सेन्सरमा रोकियो फिल्म ‘राजागंज’

प्रतिक्रिया