प्रचण्डको भारत भ्रमणप्रति एमाले नेता बास्कोटाको कटाक्ष– तालिका गडबड हुनु अपमान होईन

काठमाडौं - नेकपा एमालेका नेता तथा पूर्वमन्त्री गोकुल प्रसाद बास्कोटाले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणप्रति व्यङ्ग्य गरेका छन् ।
उत्तरी छिमेकीसँग डिनर खाएको चिसा हात सुक्न नपाउँदै प्रचण्ड राजनीतिक भिक्षा माग्न दक्षिणी छिमेकी भारत पुगेको आरोप उनले लगाएका छन् । प्रचण्डको भारत भ्रमण असफल भएको उनको दाबी छ ।
‘उत्तरी छिमेकीसँग डिनर खाएको चिसो हात पनि सुक्न नपाउँदै राजनीतिक भिक्षा माग्न दक्षिणी छिमेक पुगेका पुर्वप्रम पुष्पकमल दाहालले पाईजामा भेटबाट आरम्भ गरेको दौडको क्लाइमेक्स भेट बाटोमै कोल्याप्स भए पनि सफल रहेकोमा शंका रहेन । उनकै आग्रहमा भएको भ्रमणको तालिका गडबड हुनु खासमा अपमान होईन !,’ सामाजिक सञ्जाल ट्वीटरमा बास्कोटाले आज लेखेका छन् ।
भारतको तीन दिने भ्रमण सम्पन्न गरी प्रचण्ड आइतबार स्वदेश फर्केका थिए । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भेटवार्ताको लागि समय नदिएपछि प्रचण्डले भारतीय विदेशमन्त्री र भारतीय जनता पार्टीका अध्यक्षलाई भेटेर फर्केका थिए ।
नेपाल फर्केपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँग संक्षिप्त कुराकानी गर्दै प्रचण्डले आफ्नो भारत भ्रमण सफल भएको दाबी गरेका थिए ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया