आइतबार २२ असार, २०८२
Sunday, July 06, 2025

मोटरसाइकल अनियन्त्रित हुँदा चालकको मृत्यु

फाइल फोटो

गुल्मी -  गुल्मीको गुल्मीदरबार गाउँपालिका–२ हटियामा आज मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । 

मृत्यु हुनेमा स्थानीय २६ वर्षीय लेक बहादुर पाल्पाली रहेका छन् । 

हटियाबाट ठुलाचौरतर्फ जाँदै गरेको लु ६ प २०२० नम्बरको मोटरसाइकल आज दिउँसो साढे १२ बजे अनियन्त्रित भइ सडकको भित्तामा ठोक्किएको थियो । 

दुर्घटनामा परी चालक पाल्पालीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।