एमालेका स्थानीय तहका जनप्रतिनिधिले आकाशिएको मूल्य वृद्धिबारे बजार अनुगमन गर्ने

काठमाडौँ - नेकपा एमालेले आफ्ना स्थानीय तहका जनप्रतिनिधिलाई बजार अनुगमन गराउने भएको छ । एमाले उपभोक्ता हित संरक्षण तथा सुशासन विभागले आज यहाँ आयोजना गरेको कार्यक्रममा उपमहासचिव प्रदीप ज्ञवालीले अहिले आकाशिएको मूल्य वृद्धिबारे आफ्नो जनप्रतिनिधिलाई अनुगमन गराउने बताए ।
उनले आफूले जितेका स्थानीय तहमा जनप्रतिनिधि भएको ठाउँको मूल्य नियन्त्रण गर्न बजार अनुगमन गराइने जानकारी दिए ।
नेता ज्ञवालीले राज्यको नियामक निकाय कमजोर हुँदा बिचौलियाको चलखेल भएर उपभोग्य बस्तुको मूल्य आकाशिएको बताए ।
उनले सबैले उपभोक्ताका साझा मुद्दा बनाएर मूल्य नियन्त्रण गर्नुपर्नेमा जोड दिए । कार्यक्रममा सुशासन विभागका प्रमुख यज्ञराज सुनुवारले सरकारले महँगी नियन्त्रण गर्न नसकेको आरोप लगाए ।
कार्यक्रममा सुशासन विभागका सदस्य कुमारी खरेलले पछिल्लो एक वर्षमा देशका प्रमुख आर्थिक सूचक, खाद्य तथा पेयपदार्थ र इन्धनको मूल्यवृद्धिको अवस्था, दैनिक उपभोग्य खाद्य वस्तु, निर्माण सामग्री र पिछडिएको क्षेत्र कर्णालीको मूल्यवृद्धिको अवस्थाका बारेमा पनि जानकारी गराएकी थिइन् । रासस

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया