प्रदूषणले ढाक्यो कर्णालीको केन्द्र

सुर्खेत : कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा वायु प्रदूषण अत्यधिक मात्राले बढेको छ । प्रदूषणकै कारण बुधबार बिहनै सुर्खेत उपत्यकाको आकास धमिलो देखिएको हो ।
वीरेन्द्रनगरमा घाम नलाग्ने, चिसो हुने, नाक पोल्ने हावा वहने जस्ता असर देखाउँदै वायु प्रदूषण बढेको छ । केही दिन यता वीरेन्द्रनगरका केही भू–भागमा र कर्णालीका अन्य ठाउँमा थुप्रै आगलागीका घटनासमेत भइरहेका छन् ।
सुर्खेतका विभिन्न ठाउँमा करिब २५ सय हेक्टरमा आगलागीक भएको छ । आगलागीमा परेर दुई व्यक्तिको ज्यानसमेत गइसकेको छ । प्रदेश वन निर्देशनालयका डिभिजन वन अधिकृत गोविन्द दाहालका अनुसार आगलागीबाट एक जना घाइते भएका छन् । ‘अहिले विभिन्न ठाउँमा आगलागी भएको छ, केही ठाउँको आगो नियन्त्रणमा आए पनि अन्य ठाउँको आगो नियन्त्रणको लागि काम भइरहेको छ’, उनले भने ।
हेर्नुस् तस्बिरहरू :

छायाँक्षेत्र (छायाँनाथ) धामको तीर्थयात्रा सुरू

प्रदेश सरकारले पैतृक सम्पत्तिमा कर बढायो

अज्ञात रोग फैलिँदा चङ्खेलीमा ३० भन्दा बढी पशुवस्तु मरे

कर्णालीमा १६ हजार घरको विपद् बिमा

भेरी नदीमा पानीको सतह बढेकाले सतर्कता अपनाउन आग्रह

भेरी नदीमा टिपर खस्दा तीन जना बेपत्ता

कर्णालीमा ५० ठाउँमा तुइन रहेको प्रारम्भिक रिर्पोट

प्रतिक्रिया