पानी अभाव झेल्दै किसान : चिरा पर्न थाले खेतका गह्राहरु

म्याग्दी । पानी अभाव झेल्दै रोपाइँ गरेका किसानहरुका खेतमा धाँजा फाट्न थालेको छ । रोपाइँ गरेका खेतमा पानी नभएकै कारण धाँजा फाट्न थालेको हो ।
म्याग्दीको बेनी नगरपालिका–६ चुत्रेनीमा वर्षा नभएपछि धाँजा फाटेर रोपो मर्न थालेको किसानहरुको भनाइ छ । यहाँका किसानहरुले केही दिनअघि गरेको रोपाइँपछि अहिले खेतका गह्रा चिरा–चिरा परेको छ । पानी अभावकै कारण रोपिएका धानहरु मर्न थालेपछि किसानहरु चिन्तामा छन् ।
मध्य बर्खा कटिसक्दा पनि पानी अभावका कारण म्याग्दीका खेतीयोग्य जमीनमा आधा पनि रोपाइँ हुन सकेको छैन । धान बाली लगाइने यहाँका कुल जमिनमध्ये ४० प्रतिशतमा पनि रोपाइँ हुन सकेको छैन ।

रामपुरमा बालीनालीमा छरेको विषादीले मौरी सखाप

उत्पादन घट्दा अण्डाको माग बढ्यो

भारतीय किसान आएर प्रतापपुरमा खरबुजा खेती

सर्लाहीमा बढ्न सकेन चैते धानखेती

झापामा गहुँ उत्पादनको क्षेत्रफल घट्दै, मकैमा किसानको आकर्षण
तीन हजार ३४ मेट्रिक टन तोरी उत्पादन

प्रतिक्रिया