फिल्म छाडेर ब्युटी कन्टेस्टमा रमाउँदै सलिन

काठमाडौँ - पहिलो फिल्म ‘ए मेरो हजुर २’बाट डेब्यू गरेका सलिनमान बानियाँले पहिलो फिल्मबाटै सफलता पाए । साम्राज्ञीराज्य लक्ष्मी शाहको जोडी बनेर अभिनय गरेका उनलाई धेरैले अनमोल केसीको विकल्पको रुपमा पनि हेरेका थिए । तर यो फिल्मपछि पाएका एकसेएक अफर लत्याउँदै उनले दोस्रो फिल्मको रुपमा ‘यात्रा’मा काम गर्ने निधो गरे ।
अनमोलको ‘ए मेरो हजुर ३’सँग जुध्न पुगेको यो फिल्म बक्स अफिसमा नराम्ररी असफल हुन पुग्यो । सलिनले तेस्रो फिल्म गर्ने हिम्मत नै जुटाउन सकेनन् । सलिन फिल्म छाडेर अनलाइन पसल चलाउने लागे । उनले आफ्नै ब्रान्डबाट कपडा बेच्न सुरु गरेका थिए ।
त्यसयता पनि उनलाई लिएर फिल्म बनाउन चाहानेको कुनै कमी छैन । तर सलिन फिल्म छाडेर ब्युटी कन्टेस्टको जज बन्नमा रमाइरहेका छन् । फिल्मी दुनियाँबाट टाढा रहेका सलिनमान हिजो आज ‘मिस्टर एन्ड मिस टिन वल्र्ड नेपाल’को एक निर्णायकको रुपमा प्रतियोगी छान्ने काम गरिरहेका छन् । अहिले यो प्रतियोगिताको धमाधम अडिसन चलिरहेको छ ।
त्यसो त सौन्दर्य प्रतियोगितामा निर्णायक बन्नु सलिनमानले गर्न नहुने काम होइन । तर फिल्मको प्रस्ताव लिएर जानेलाई ‘नाइँ’ भनेर सौन्दर्य प्रतियोगितामा रमाउने सलिनको बानी देखेर केही निर्माता भने चकित छन् । आखिर ग्ल्यामरको मोहले नछाडेको हो भने सौन्दर्य प्रतियोगिताभन्दा त फिल्म खेल्ने अप्सन नै सही हो नी , हैन र ?

'मिस नेपाल इन्टरनेशनल २०२५' को ओरियन्टेसन भोलिदेखि नाचघरमा सुरु हुँदै

फेस अफ नेपाल २०२५ को आवेदन खुल्यो, उचाइको मापदण्ड हटाइयो

मोडल हन्ट नेपालको नवौँ संस्करणमा 'भिरागो'को विकनी शो सम्पन्न
भोलि ‘नो सेभ नोभेम्बर’ को चौथो संस्करणः क्यान्सरविरुद्ध चेतना जगाउन ‘फेसन फर …

मिस टिन नेपालको उपाधी सारालाई

यस बर्षको मिस युनिभर्सको ताज डेनमार्ककी भिक्टोरियालाई

मिस टिन नेपाल २०२४ का सहभागीको 'ट्यालेन्ट शो ' सम्पन्न

प्रतिक्रिया