डेभिड वार्नरमाथिको प्रतिवन्ध फुकुवा हुनुपर्ने माग उठ्दै
काठमाडौँ – अष्ट्रेलियन क्रिकेट टिमका पूर्व कप्तान ग्रेग चापेलले ब्याट्सम्यान डेभिड वार्नरमाथि अष्ट्रेलियन टिममा नेतृत्वदायी भूमिका निर्वाह गर्न नपाउने गरी लागेको प्रतिवन्ध फुकुवा हुनुपर्ने माग गरेका छन् ।
सन् २०१८ मा केपटाउनमा घरेलु टोली दक्षिण अफ्रिकाविरुद्धको टेष्ट खेलका क्रममा बल-ट्याम्परिङ घटनामा मूख्य भूमिका खेलेको खुलासा भएपछि वार्नरलाई आजिवन नेतृत्वदायी भूमिकामा नियुक्त हुन नपाउने गरी प्रतिवन्ध लागेको थियो ।
यसका साथै अष्ट्रेलियाको क्रिकेट बोर्डद्वारा वार्नर तथा तत्कालिन कप्तान स्टेभेन स्मिथलाई क्रिकेटका सबै गतिविधिबाट १२ महिनाको प्रतिवन्ध तथा बल-ट्याम्परिङ गरेका क्यामेरोन ब्यान्क्रफ्टलाई ९ महिनाको प्रतिवन्ध लगाइएको थियो । स्मिथलाई भने एक वर्षका लागि मात्र कप्तानी गर्न नपाउने गरी प्रतिवन्ध गरिएका थियो ।
तर चापेलले उक्त घटनामा केवल वार्नरमात्र संलग्न नरहेको तथा घटनामा व्यक्तिपिच्छे फरक कारवाही हुन नहुने धारणा राखेको रोयटर्सले जनाएको छ ।
यता अष्ट्रेलियाका वर्तमान कप्तान प्याट कमिङ्सले पनि वार्नरमाथिको प्रतिवन्ध हटाइनुपर्ने बताए । उनले प्रतिवन्धका कारण व्यक्तिको सिक्ने र सुधार गर्ने कार्यलाई स्विकार्न नखोजेको धारणा राखे ।

आइपीएल : १४ वर्षीय वैभव सूर्यवंशीले थप खेल्न पाएको भए बनाउँथे धेरै रेकर्ड
_FOV0S3pBWT_8sp0hdgnhkn4j5wvepz7bdeb8wnzm37mrf1vzn9g3h8mvf7taxc7ocddxmoo_scDERvAfr5_syyipfcr9ajiicf1sw6ephfrrykwtj6diu7rrk2lft1bxdrioi93xsbuxqhm.jpeg)
कति बन्यो कीर्तिपुर क्रिकेट रंगशाला ? तस्बिरमा हेर्नुहोस्

आइपीएल पुनः आजबाट

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

प्रतिक्रिया